default_image

5 years ago

December 14, 2019

लतिलपुरका साग पदक विजेता सम्मानित

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर जिल्ला कराते महासंघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक विजेता आफ्ना खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कास्य जितेका थिए ।

स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कास्यलाई समान १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठलाई जनही १५ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

सोही अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई जनही १० हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो । खेलाडी, प्रशिक्षक र रेफ्रीलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठलगायलते सम्मान गरेका थिए ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

Success

Thank you for your time.