default_image

5 years ago

December 11, 2019

स्वर्ण विजेतालाई ९ लाख, टिममा ५ मात्र

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतालाई सरकारले जनहि ९ लाख रुपैयाँले सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित विशेष कार्यक्रममा पुरस्कार घोषणा गरेका हुन् । उनले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९, रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख प्रदान गरिने घोषणा गरिएको हो ।

यसैगरी टिम खेलमा स्वर्ण जित्नेलाई जम्मा ५ लाख प्रति खेलाडी प्रदान गरिने भएको छ । रजत र‌ कास्यको हकमा भने अझै निश्चित भएको छैन ।

कार्यक्रममा पदक विजेता खेलाडीलाई शुक्रबार उपत्यका परिक्रमा गराइने जानकारी पनि दिइएको छ ।

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

Success

Thank you for your time.