5 years ago
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी जलपरी गौरीका सिंहले समापन समारोहको मार्चपासमा नेपाली टोलीको नेतृत्व गर्दै झन्डा बोकेकी छन् ।
उनले मार्चपासअघि दशरथ रंगशालामा उपस्थित दर्शकलाई धन्यवाद ज्ञापन गर्दै घुमेकी थिइन् । गौरिकाले १३औं सागमा २ सय मिटर फ्रि–स्टाइल, ४ सय मिटर फ्रि–स्टाइल, २ सय मिटर ब्याक स्ट्रोक र १ सय मिटर फ्रि–स्टाइलतर्फ स्वर्ण पदक जितेकी थिइन् ।
उद्घाटन समारोहका ओलम्पियन तथा भारोत्तोलनका कमल बहादुर अधिकारीले नेपालको नेतृत्व गर्दै झन्डा बोकेका थिए ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]