default_image

5 years ago

December 10, 2019

सनिलको जितसँगै १३ औं सागमा नेपालद्वारा स्वर्णको अर्धशतक!

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् ।

ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र  थापामगर र मिनु गुरुंगले नेपाललाई स्वर्ण दिलाएका थिए । यस तौल समूहको काश्य भने श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे ।

मंगलवार भएको अन्य बाउटमा भने भारतको नै दबदबा रह्यो । महिला ५१ केजीको खेलमा भारतीय बक्सर पिन्की रानीले नेपालकी माला राईलाई स्पिलिट डिसिजनको आधारमा हराउदै स्वर्ण पदक जितिन् । हारसंगै मालाले रजत पदक प्राप्त गरिन् । यस्तै पाकिस्तानकी रजिया बानो अजीज र श्रीलंकाकी कोसला निलमिनी अथावुदा अच्चिलागेले प्राप्त गरिन् ।

महिला ५७ केजीमा भारतकी सोनिया लाथेरले श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापूरायालागेलाई अंकको आधारमा हराउँदै स्वर्ण जितिन । यस तौलमा पाकिस्तानकी मेहरीन र नेपालकी चन्द्रकला थापाले काश्य हात पारिन । महिला ६४ केजीमा नेपालका पूनम रावल पनि भारतकी मञ्जु बम्बोरियासंग पराजित हुदै रजतमा सिमित भईन् । भारतकी मञ्जु बम्बोरियाले भने स्वर्ण चुमिन् । यस तौलमा पाकिस्तानकी परभीनले भने काश्य हात पारिन् ।

यसैगरी पुरुष ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सईद मुहमद आसिफलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण जिते । यसै समूहको काश्य पदक भने नेपालका तेजबहादुर देउबा र श्रीलंकाका लासिन्दु इरान्डा कुदाभीथानागेले प्राप्त गरे ।

पुरुष ६९ केजीमा पनि भारतकै कृषन भिकासले पाकिस्तानका गुल जाइबलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते । यस तौलको काश्य भने नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहीम मोहमदले हात पारे ।

यसैगरी पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधान रजतमा सिमित भए । गणेशलाई स्पिलिट डिसिजनको आधारमा हराउंदै श्रीलंकाका रोमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई स्वर्ण हात पारे । यो तौल समूहको काश्य भने पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारको पोल्टामा प¥यो ।

पुरुष ९१ केजीभन्दा माथिको भिडन्तमा भने भारतका नरेन्दरसँग अंकको आधारमा पराजित हुँदै नेपालका आशिष दुवादीले रजत प्राप्त गरे । यस समूहको काश्य पदक भने श्रीलंकाका बुवानेका ईरान्डा अड्डू राकाराम रल्लागेले प्राप्त गरे ।

February 23, 2025

सन्तोषी र मिङगमार टेन के रन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

Success

Thank you for your time.