default_image

5 years ago

December 9, 2019

१४औं साग पाकिस्तानमा, ६ महिनामा पछि मिति तय हुने

130 views

0 Bookmark

काठमाडौं (काठमाडौं) – दक्षिण एसियाली खेलकुद (साग) को अर्को संस्करण पाकिस्तानमा आयोजना हुने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को सोमबार बसेको बैठकले सागको १४ औं संस्करण पाकिस्तानमा आयोजन गर्ने सर्वसम्मत निर्णय भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रेस विज्ञप्ती जारी गरेको छ ।

बैठक एसएओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । संघिय सांसद समेत रहेका श्रेष्ठ एनओसीका अध्यक्ष हुन् । सागको १४ औं संस्करण सन् २०२१ मा गर्ने भएतापनि अबको ६ महिनापछि पाकिस्तानमा बस्ने बैठकले सागको मिति तोक्ने निर्णय गरिएको छ ।

गत महिना काठमाडौंमा आयोजना भएको एसओएसी बैठकले पाकिस्तानलाई आयोजनाको जिम्मा दिने र छ महिना भित्र मिति तय गर्न नसक्दा श्रीलंका र माल्दिभ्सलाई संयुक्त आयोजनाको जिम्मा दिने निर्णय गरेको थियो ।

त्यसैगरी, एसओएसीको अर्को बैठक नेपालमा नै आयोजना गर्ने निर्णय भएको एनओसी अध्यक्ष श्रेष्ठले बताए । नेपालमा जारी १३औं साग सफलताका साथ सम्पन्न हुने क्रममा रहेको भन्दै एसओसीएलें साग आयोजक समिति, नेपाल सरकार, तथा दक्षिण एसिायका सबै राष्ट्रिय ओलम्पिक कमिटीलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । शनिबार भएको खेलमा बायर्नले सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ तथा ह्यारी केनले १ गोल गरे । पाहुना टोली पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.