default_image

5 years ago

December 9, 2019

भुपेन्द्रले दिलाए नेपाललाई स्वर्ण

219 views

0 Bookmark

काठमााडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् ।
यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) -अनु अधिकारी

८.कराते (६७ केजी)- नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६.उसु (५६ केजी) – जुनी राई

३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की

३८. गल्फ – सुवास तामाङ

३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ

४०. भारोत्तलन – विकास थापा

४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह

४२. म्याराथन – किरणसिंह बोगटी

४३. कुस्ती (५५ केजी)– संगिता धामी

४४. पौडी (४ सय मिटर फ्रिस्टाइल)- गौरिका सिंह

४५. जुडो (५२ केजी मुनि)- देविका खड्का

४६. बक्सिङ (५४ केजी)- मिनु गुरुङ

४७. बक्सिङ (६४ केजी) – भुपेन्द्र थापा

January 7, 2025

गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]

January 7, 2025

पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]

January 7, 2025

इन्डो नेपाल भलिबल – पुलिस फाइनलमा

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा पुगेको छ । मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई संघर्षपूर्ण खेलमा हराउँदै फाइनलमा पुगेको हो । पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेटमा २५–२७ ले गुमाएपनि दोस्रो सेट २५ – […]

Success

Thank you for your time.