5 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संगिता सुनार १३औं दक्षिण एसिायली खेलकुद (साग) अन्तर्गत बक्सिङमा रजत पदकमै सीमित भएकी छिन्।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगिता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन्
यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदंै संगिता अन्तिम दुईमा पुगेकी थिइन् । भारतकी परबिन भने बाई पाएर सोझै फाइनल प्रवेश गरेकी थिइन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]