5 years ago
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज शनिबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुरमा हुनेछ ।
पदक तालिकामा सातौ दिनसम्म भारतले १३२ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
आर्चरी
पोखरामा हुने आर्चरीमा सोमबार कम्पाउन्ड महिला र पुरुष इन्डिभिजुअल तथा रिकर्भ महिला र पुरुष इन्डिभिजुअलमा स्वर्णका लागि खेल हुनेछ ।
बास्केटबल
बास्केटबलमा सोमबार महिला दुई र पुरुषतर्फको सेमिफाइनलका खेल हुनेछ । पुरुषतर्फ बंगलादेश र श्रीलंका तथा महिलामा भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच खेल हुनेछ ।
३ बाई ३ मा महिलातर्फ स्वर्णका लागि भारत र श्रीलंका खेल्नेछन् । पुरुषतर्फ सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्ने छ।
बक्सिङ
साग अन्तर्गत बक्सिङमा आज महिला र पुरुषमा विभिन्न ७ तौल समूहमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित कराते हलमा हुनेछ । तेस्रो दिनको खेलपछि नेपालका ९ मुक्केवाज फाइनलमा प्रवेश गरेका छन् ।
महिला तर्फः ललिता महर्जन (४८ केजी), माला राई (५१ केजी) मिनु गुरुङ (५४ केजी), संगीता सुनार (६० केजी), पूनम रावल (६४ केजी)
पुरुष तर्फः आशिष दुवाडी (९१ केजी भन्दा माथि), भूपेन्द« थापामगर (६४ केजी) सनिल शाही (६० केजी), गणेश प्रधान (८१ केजी)
काश्य पदक पक्का हुने नेपाली खेलाडीहरु: सुशील थापामगर, पूरन राई, अर्जुन सिगु, तेज बहादुर देउबा, बिकास लामा, चन्द्रकला थापा
क्रिकेट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुरुषतर्फ आज स्वर्ण र तेस्रो स्थानको लागि खेल हुनेछ । श्रीलंका र बंगलादेशले स्वर्णको लागि प्रतिस्पर्धा गर्दा नेपाल र माल्दिभ्सले कास्यका लागि खेल्नेछ ।
फेन्सिङ
फेन्सिङतर्फ आज अन्तिम दिन सोमबार तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नयाँ बजार कीर्तिपुरमा हुने स्पर्धामा महिला मेन्स इपी टिम, पुरुष साब्री टिम र पुरुष फोइल टिम इभेन्टसमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
फुटबल
फुटबलतर्फ सोमबार पोखरा रंगशालामा महिला तर्फको फाइनल खेलमा घरेलु टोली नेपालले भारतको सामना गर्नेछ । नेपाल भारतलाई पराजित गर्दै इतिहास रच्ने दाउनमा हुनेछ ।
जुडो
साग अन्तरगत जुडोमा सोमबार ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ ३ तौल समुहमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । महिलामा ७०, ७८ र ७८ केजीमाथि तथा पुरुषमा ८१, ९०, १०० र १०० केजीमाथि प्रतिस्पर्धा हुनेछ ।
कबड्डी
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कबड्डीतर्फ सोमबार महिला र पुरुषतर्फ स्वर्णका लागि खेल हुनेछ । पुरुषतर्फ भारत र श्रीलंका तथा महिलातर्फ महिलामा नेपालले भारतको सामना गर्नेछ ।
सुटिङ
सुटिङतर्फ अन्तिम लिन सोमबार एक स्पर्धा एयर पेस्तोल मिक्स टिममा स्वर्णका लासग खेल हुनेछ ।
स्क्वास
शुक्रबारदेखि शुरु भएको स्क्वासमा सोमबार महिला टिम र पुरुष टिममा स्वर्णका लागि सातदोबाटोस्थित स्क्वास हलमा हुनेछ ।
स्वीमिङ
पौडीको पाँचौ तथा अन्तिम दिन विभिन्न ४ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा पुरुष र महिला २०० मिटर इन्डिभिजुअल मिडले, महिला र पुरुष १०० मिटर फ्रि स्टाइल, महिला र पुरुष ५० बटरफलाई र महिला र पुरुष ४ गुणा ४०० मिटर मिडले रिलेमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
टेनिस
टेनिसमा सोमबार महिला र पुरुष एकलको फाइनल खेल हुनेछ । पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिष्पर्धा गर्दैछन् ।
कुस्ती
जनकपुरमा जारी कुस्तीमा सोमबार अन्तिम दिन दुई इभेन्टसमा प्रतिूपर्धा हुदैछ । पुरुषमा १२५ र महिलामा ६८ केजीमुनि स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]