5 years ago
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सागअन्तर्गत आइतबार बक्सिंगको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल नौ मुक्केबाजले फाइनलमा स्थान बनाएका छन् । आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन् ।
महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । त्यस्तै पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई अंकको आधारमा पराजित गर्दै सनिल शाहीले पनि फाइनलमा प्रवेश पाए ।
यसैगरी पुरुष ८१ केजी तौलको सेमिफाइनलमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । खेल सुरु भएको ३० सेकेन्ड नबित्दैे भारतीय मुक्केबाजलाई चोट लागेपछि रेफ्रिले प्रधानलाई विजयी घोषित गरेका हुन् ।
त्यस्तै ५१ केजीको अर्को खेलमा भारतकी पिंकी रानीले पाकिस्तानकी रजिया बानो अजिजलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा नेपालकी मालासंग स्वर्णका लागि भिडन्त पक्का गरिन् । त्यस्तै ५७ केजीको खेलमा नेपालका चन्द्रकला थापा भने श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापुरायालागसंग पराजित भइन् ।
लंकापुरायालागे भारतकी सोनिया लाथेरसंग स्वर्णका लागि खेल्ने छन् । लाथेर भने पाकिस्तानकी मेहरीनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । महिला ६४ केजीमा भारतकी मन्जु बम्बोरियाले पाकिस्तानकी रुकशाना परभीनलाई हराउँदै फाइनलमा स्थान बनाइन् ।
पुरुष ५२ केजीमा पाकिस्तानका सईद मुहमद आसिफले श्रीलंकाका लासिन्दु इरान्दा कुदा भीथानागेलाई हराए । यसै तौल समूहको अर्को खेलमा नेपालका तेज बहादुर देउबा भारतका स्पर्श कुमारसंग अंकको आधारमा पराजित हुदै काश्यमा सिमित भए । जितसंगै भारतका स्पर्शले फाइनलमा स्थान बनाए ।
६० केजीकै अर्को खेलमा भारतका बरिन्दर सिंहले बंगलादेशका सूरा कृष्ण चक्मालाई हराउदै फाइनलमा नेपालका सनिलसंग स्वर्णका लागि भिडन्त पक्का गरे । यसैगरी ६९ केजी तौलमा पाकिस्तानका गुल जाइबले बंगलादेशका मोहमद अब्दुर रहीमलाई हराए । यसै तौलको अर्को खेलमा नेपालका बिकास लामा भारतका कृशन बिकाशसँग अंकको आधारमा पराजित भए ।
यसैगरी ८१ केजी तौलमा पाकिस्तानका अवाईस अली खानले श्रीलंकाका रूमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई पराजित गरे । यसैगरी ९१ केजी भन्दा माथिको भिडन्तमा भारतका नरेन्दरले श्रीलंकाका बुवानेका ईराण्डा अड्डुराकाराम राल्लागेलाई हराउँदै नेपालका आशिष दुवादीसँग फाइनलमा भेट पक्का गरे । सोमबार र मंगलबार क्रमशः फाइनलका आठ आठ बाउट हुनेछ ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]