5 years ago
December 7, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाली खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोनतर्फ २ कास्य पदक जितेका छन् । तारादेवि पुन र लक्ष्मी बनले शनिबार आ आफ्नो तौल समूहमा कास्य पदक जितेका हुन् ।
७६ केजी तौल समूहमा तारादेवीले स्न्याचमा ७५ केजी क्लिन एन्ड जर्कमा ९७ केजी गरि कुल १ सय ७२ केजी भार बहन गर्दै तेस्रो स्थान प्राप्त गरेकी हुन् । जसमा बंगलादेशकी खेलाडी कुल १ सय ८५ केजी भार उठाउँदै स्वर्ण र श्रीलंकाकाी बिसी प्रियन्थीले १ सय ८४ केजी उचाल्दै रतज पदक जितेकी हुन् ।
त्यस्तै लक्ष्मीले ८१ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । उनले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० गरि कुल १ सय ४० केजी भार उठाउँदै तेस्रो स्थान प्राप्त गरेकी हुन् । भारतकी श्रृष्टी सिंहले कुल १ सय ९० केजी उठाउँदै स्वर्ण र बंगलादेशकी जोहोरा काटुन निशाले १ सय ६६ केजी भार उठाउँदै रजत पदक जितेकी हुन् ।
यसअघि भारोत्तलनमा सञ्जु चौधरी र विकास थापाले स्वर्ण पदक जितेका थिए । त्यस्तै प्रकाश केसी, कमलबहादुर अधिकारी , देवी चौधरी र राजलक्ष्मी थापाले कास्य पदक जितेका थिए ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]