5 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी पुष्पा भण्डारीले म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित रजतपदक जितेकी छन् । पुष्पाले कान्छीमाया कोजुको कीर्तिमानलाई भंग गर्दै शनिबार रजतपदक जितेकी हुन् ।
पुष्पाले कान्छीमायाले २०१६ मा राखेको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । पुष्पाले शनिबार निर्धारित दुरी (४२ किलोमिटर १९५) दुरी २ घन्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गर्दै नयाँ कीर्तिमान बनाइन् । स्वर्ण पदक विजेता श्रीलंकाकी हिरुनी केसाले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् ।
भारतकी ज्योति गावतले २ घन्टा ५२ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् । पुरुषतर्फ किरण सिंह बोगटीले स्वर्ण जितेका थिए । यससँगै नेपालले एथ्लेटिक्समा ३ स्वर्ण पदक र दुई रजत जितेको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]