default_image

5 years ago

December 7, 2019

किरणले दिलाए म्याराथनमा स्वर्ण, नेपालको ४२ औं

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किरण सिंह बोगटिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाएका छन् ।

शनिबार दशरथ रंगशालामा आएर टुंगिएको म्याराथनमा किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे । भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए । भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते ।

यससँगै दक्षिण एसियाली क्षेत्रको म्याराथनमा नेपालले दवदवा कायम राखेको छ । विगतमा वैकुण्ठ मानन्धरको तीन तथा टिका बोगटी र राजेन्द्र भण्डारी १-१ पदकसँगै नेपालले ५ स्वर्ण जितिसकेको थियो ।

जारी सागमा एथ्लेटिक्सबाट नेपालले जितेको यो तेस्रो पदक हो । समग्रमा नेपालका लागि यो जारी सागमा ४२ औं स्वर्ण हो ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) -अनु अधिकारी

८.कराते (६७ केजी)- नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६.उसु (५६ केजी) – जुनी राई

३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की

३८. गल्फ – सुवास तामाङ

३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ

४०. भारोत्तलन – विकास थापा

४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह

४२. म्याराथन – किरणसिंह बोगटी

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

Success

Thank you for your time.