5 years ago
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार सुरु भएको बक्सिङमा नेपालको दुई रजत पदक पक्का भएको छ । ९१ केजीभन्दा माथिको तौल समूहमा आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाई पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् ।
नेपाली बक्सर सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले आ आफ्नो तौल समूहमा सेमिफाइनल यात्रा तय गरेका छन् । ललितपुरको सातदोबाटोमा भएको ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउँदै सुशीलले अन्तिम चारको यात्रा तय गरे ।
सनिलले ६० केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गर्नका लागि भुटानका निमा दोर्जीलाई अंकका आधारमा हराए । ६४ केजीको भिडन्तमा भुपेन्द्रले भुटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीको आधारमा पराजित गरे । ७५ केजी तौल समूहको खेलमा नेपालका दिपक श्रेष्ठ भने भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा पराजित भए ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]