5 years ago
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जम्मा १७ वर्ष टेक्दै गरेका सुवास तामाङले गोकर्ण गल्फ क्लबमा शुक्रबार १८ औं होलमा पट गरेलगत्तैको माहोल बेग्लै थियो । कारण नेपाली गल्फ इतिहासको स्वर्णीम पन्नामा सुवासले आफूसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याएका थिए । नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाए ।
पुरुष एकलतर्फ सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे । नेपालका शुक्रबहादुर राईले ४ अन्डर २ सय ८४ अंकसहित कास्य जिते ।
यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक प्राप्त गर्यो । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले प्रतिस्पर्धा गरेका थिए । नेपालले टिम इभेन्टमा कुल ८ सय ३८ अंक जोड्दा बंगलादेशले ८ सय ५६ अंक जोड्दै रजत हात पार्यो । श्रीलंकाले ८ सय ७८ अंकसहित कास्य जित्यो । नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यो ३८ औं र ३९ औं स्वर्ण हो । यस्तै महिला टोलीले कास्य पदकमा चित्त बुझायो । श्रीलंकाले ६ सय ७ अंकसहित स्वर्ण, बंगलादेशले ६ सय ३९ अंक जोड्दै रजत जित्दा नेपाल ६ सय ८१ अंकसहित तेस्रो भयो ।
पदक वितरण समारोहपछि सबै खेलाडीले एकाएक नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलाई आ-आफ्नो पदक पहिर्याए । घलेलाई सयौंको संख्यामा आएका दर्शकअघि थामिन मुस्किल परेको थियो । उनले अन्तर्वार्ता दिने क्रममा पनि खुलेर बोल्न सकेनन् । स्वर्ण विजेता सुवास आफैं पनि खासै बोल्ने मध्यमा पर्दैनन् । शुक्रबार उनी पनि बोल्न सक्ने अवस्थामा देखिएनन् । यद्यपि उनले आफ्नो समर्थनमा आएका साइरिअस विद्यालयका विद्यार्थीलाई केहि अटोग्राफ र भाग्यमानी केहिलाई संघको तर्फबाट मायाको चिनो दिए ।
सुवासको पटदेखि पदक वितरण हुँदै उनले पदकसँग खुसी साट्दाको तस्विरहरु :
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]