5 years ago
December 6, 2019
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलमा नेपाली जोडीले सफलता हासिल गरेको छ । मानबहादुर श्रेष्ठ र दिल सुनाको जोडीले बंगलादेशको जोडीलाई २–० को सोझो सेटमा हराएको छ । नेपाली जोडी २१–१६,२१–१८ ले विजयी भएको थियो ।
मान र दिलको जोडी पहिलो दिन पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । बिच भलिबलमा नेपालको पुरुष र महिलाको समान २/२ जोडीले भाग लिएको छ ।
पुरुषको अर्को जोडीमा राजु विक र सञ्जु शाह तथा महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी एवंम् कोपिला उप्रेती र मनीषा चौधरीको जोडी छन् ।
यता महिला र पुरुषको इन्डोर भलिबल भने सम्पन्न भइसकेको छ । नेपालले महिला भलिबलमा पहिलो पटक रजत पदक जित्दा पुरुष टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]