5 years ago
December 6, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलनमा दुई कास्य पदक जितेको छ । कमलबहादुर अधिकारी र प्रकाश केसीले आ आफ्नो तौल समूहमा कास्य पक जितेका हुन् ।
पोखरामा जारी भारोत्तोलनको ६७ केजी तौल समूहमा कमलले स्न्याचमा १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ४० केजीका साथ कुल २ सय ५२ केजी भार उचाल्दै तेस्रो स्थान प्राप्त गरेका हुन् ।
कुल २ सय ९२ केजी भारत उचालेका ताला तलिबले स्वर्ण र २ सय ६३ केजी भार उचालेका श्रीलंकाका जेएसी लकमाले रजत पदक जितेका छन् । कमलले यसअघि दसौं सागमा नेपालका लागि भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेका थिए । १३ औं सागमा भने महिलातर्फ सञ्जु चौरधीले बिहीबार पहिलो पटक स्वर्ण पदक जितेकी थिइन् ।
यसैगरी, प्रकाशले ७३ केजी तौल समूहमा कास्य पदक प्राप्त गरेका हुने । स्यान्चमा १ सय १५ केजी तथा क्लिन एन्ड जर्कमा १ सय ५० गरि कुल २ स्य ६५ केजीको भार उठाउँदै उनले कास्य पदक प्राप्त गरेका हुन् । भारतका अचिन्ता सेउलीले कुल ३ सय केजी उचाल्दै स्वर्ण र पाकिस्तानका अबु सुफेनले कुल २ सय ७९ केजी भार उठाउँदै रजत पदक जितेका छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]