5 years ago
December 6, 2019
गोपीचन्द्र पार्कीले सन् २००६ को दशौँ दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक खोसिएको खबर विद्यालयमा शिक्षकबाट थाहा पाए । उनले त्यसैबेला अठोट गरेका थिए, अब म त्यो स्वर्ण फिर्ता ल्याउँछु ।
शुक्रबार दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष ५ हजार मिटर दौडमा गोपीले भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जिते । स्वर्ण जितेपछि नेपालको झन्डा बोक्दै उनले रंगशाला ट्रयाकको एक चक्कर काटे । पदक जितेपछि हर्षित मुद्रामा रहेका उनले हाम्रो खेलकुदसँग बोल्दै आफ्नो १३ वर्षको साधनाले सफलता हासिल गरेको बताए ।
‘ १३ वर्षअघि राजेन्द्र भण्डारीले सागमा ल्याएको पदक खोसियो भनेर सरले सुनाउँदा निकै नमजा लाग्यो । त्यहि बेला मैले अठोट गरें, यो पदक मैले फिर्ता ल्याउँछु । मैले यहाँसम्म आइपुग्न म्याराथन पनि कुदें, जिते पनि । तर मलाई यहि स्पर्धा खेल्नु थियो र पदक पनि जित्नु थियो । आज निकै खुसी छु,’ उनले भने । सन् २००६ मा राजेन्द्रले दुई स्वर्ण जितेपनि डोपिङमा परेपछि उक्त पदक खोसिएको थियो । उनले त्यसबेला ५ हजार मिटर दौड र ३ हजार मिटर स्टिफलचेजमा स्वर्ण जितेका थिए ।
‘आजको दौड निकै कठिन थियो । मैले सुरुदेखि नै अग्रतामा रहेका धावकलाई छोडिन । हामी दुई जना नेपाली खेलाडी हुँदा पनि रणनीति बुन्न सजिलो भयो । हरि रिमाल आफैं पनि पदक विजेता खेलाडी हुन्, उनको अनुभव पनि धेरै छ,’ गोपीले भने ।
अन्तिम समयमा भारतीय खेलाडीले दवाव दिएपनि आफ्नो मनोबल उच्च रहेकाले जित्नेमा ढुक्क रहेको उनले बताए । ‘अन्तिम २ सय मिटर मेरो बलियो पक्ष हो । तर भारतीय खेलाडीले त्यहि बेला आफ्नो गति बढाए । तर मैले अन्तिम १ सय मिटर बाँकी रहंदा अब पदक जित्नैपर्छ भन्ने ठाने । जसरी नि जित्छु भनेर पूर्ण रुपमा आफ्नो गति बढाएँ र जित्न सफल भएँ,’ गोपीले थपे ।
गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दुरी पुरा गरे । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।
दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए । भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झन्डै २० मिटरको अग्रता बनाएका थिए । तर गोपीले आफ्नो गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा अग्रता लिन सफल रहे ।
गोपीले अब आफ्नो लक्ष्य वैकुण्ठ मानन्धरले जितेको तीन स्वर्णको लक्ष्य राखेको बताए । ‘ मेरो पहिलो लक्ष्य नेपालको खोसिएको स्वर्ण फिर्ता गराउनु थियो । त्यो सफल भएको छ । अब वैकुण्ठ गुरुले आफैं भन्दै आउनुभएको तीन स्वर्ण जित्ने लक्ष्य पूरा गर्नु छ । वहाँकै अगाडी वहाँको कीर्तिमान कसैले तोडोस् भन्ने वहाँको इच्छा छ, त्यो मैले पूरा गर्नुछ,’ गोपीले थपे ।
गोपीले सागमा नेपाली एथलेटिक्सका लागि सातौं स्वर्ण जितेका हुन् । यसअघि वैकुण्ठ मानन्धरले ३ तथा टिका बोगटी र राजेन्द्र भण्डारीले १-१ स्वर्ण जितेका थिए । सन्तोषीले १३ औं सागमा महिला १० हजार मिटरतर्फ स्वर्ण जितेकी हुन् ।
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]