default_image

5 years ago

December 6, 2019

सागको छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा बक्सिङ, फेन्सिङ र स्क्वास तथा जनकपुरमा कुस्ती खेलको शुरुवात हुनेछ ।

 

शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, गल्फ, ह्यान्डबल, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेबल टेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ ।

पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

आर्चरी

बिहीबारबाटै औपचारिक शुरुवात भएपनि आजबाट प्रतिस्पर्धात्मक खेल शुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ । अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । शुक्रबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् । आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

एथ्लेटिक्स

एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ९ खेलको फाइनल चरणको खेल हुनेछ ।

बास्केटबल

बास्केटबलमा शुक्रबार तीन खेल हुनेछ । आज पुरुषमा बंगलादेश र माल्दिभ्स तथा भारत र भुटानले खेल्नेछ । महिलामा भारत र माल्दिभ्स खेल्ने छन् ।

ब्याडमिन्टन

ब्याडमिन्टनतर्फ शुक्रबार पनि विभिन्न इभेन्टसको खेलहरु हुँदैछ । शुक्रबार ब्याडमिन्टनको सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ । बिहिबार भएको सेमिफाइनलमा पराजित भएपछि नेपालको ब्याडमिन्टनमा स्वर्ण जित्ने सपना समाप्त भएको थियो ।

बक्सिङ

साग अन्तर्गत शुक्रबारबाट बक्सिङका प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो ।  नेपालका सुशील थापा मगरले ४९ केजीमा भुटानी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, ६० केजीमा सनिल शाहि र ६४ केजीमा भुपेन्द्र थापा मगरले भुटानी खेलाडीसँग खेल्नेछन् । ७५ केजीतर्फ दिपक श्रेष्ठले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्रिकेट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुरुषतर्फ दुई खेल हुनेछन् । पहिलो खेलमा भुटान र बंगलादेश दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ ।
पोखरा क्रिकेट रंगशालामा महिलातर्फ नेपाल र श्रीलंकाबीच खेल हुनेछ । फाइनल पुग्न नेपाललाई निश्चित जितको खाँचो छ । तर, बलियो प्रतिद्वन्दी श्रीलंकाविरुद्धको खेल नेपालको खेल सहज हुनेछैन ।

साइक्लिङ

साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर शान्ति पार्कमा हुनेछ ।

फेन्सिङ

फेन्सिङको खेलहरु शुक्रबारबाट नयाँ बजार कीर्तिपुरमा शुरु हुनेछ । पहिलो दिन तीन इभेन्टसमा प्रतिस्पर्धा हुनेछ । महिला फोइल इन्डिभिजुअल, पुरुष साब्री इन्डिभिजुअल र मेन्स इपी इन्डिभिजुअलमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

गल्फ

गोकर्ण गल्फ क्लबमा गल्फको अन्तिम प्रतिस्पर्धा हदैछ । नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । दुवै खेलाडी स्वर्ण नजिक पुगेका छन् ।

ह्यान्डबल

ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ । यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ ।

कबड्डी

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्तिम खेल हुनेछ । महिलातर्फ नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ । कबड्डी पुरुषतर्फ ५ तथा महिलामा ४ टिम सहभागी छन् ।

स्वीमिङ

पौडीको दोस्रो दिन विभिन्न ६ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा १५०० मिटर फ्रिस्टाइल रिले, महिला ४०० मिटर इन्डिभिजुल मिडले, पुरुष र महिला २०० मिटर ब्याकस्ट्रोक, महिला र पुरुष १०० मिटर ब्रेस्ट स्ट्रोक र पुरुष ५० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन नेपालले १ स्वर्ण, एक रजत र एक कास्य जितेको छ ।

सुटिङ

सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन् । बिहान पहिलो चरणमा ¥यापिड फायर पेस्तोलका खेल हुनेछ । यस्तै एयर पेस्तोल महिलाको खेल पनि हुनेछ । महिला खेल शुक्रबार फाइनल हुनेछ ।

स्क्वास
शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन् । सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ । पहिलो दिन लिग चरण र क्वाटरफाइनलका खेल हुनेछन् ।

टेबल टेनिस

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ । शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछ । सेमिफाइनलमा नेपालका पुरुषोत्तम बज्राचार्यले भारतका हर्मित देशाईसँग खेल्नेछन् । स्यान्टु श्रेष्ठले अमलराज एन्थोनिसँग प्रतिस्पर्धा गर्नेछन् ।

टेनिस

टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शुक्रबार पुरुष तथा महिला एकलतर्फको खेलहरु हुनेछ । पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टरफाइनलमा पुगेका छन् ।

बिच भलिबल

फेवाताल किनारमा जारी बिच भलिबलतर्फ खराव शुरुवात गरेको नेपालले शुक्रबार महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु खेल्नेछ । बिहीबार नेपालको चारै टोली पराजित भएको थियो ।

भारोत्तोलन

भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ । पुरुषमा ६७ केजी, ७३ केजी र ८१ केजीको प्रतिस्पर्धा हुनेछ भने महिलामा ५९ र ६४ केजीको स्पर्धा हुनेछ । बिहीबार सन्जु चौधरीले स्वर्ण जित्दै कीर्तिमान बनाइसकेकी छन् ।

कुस्ती

कुस्तीको खेल शुक्रबारबाट जनकपुरमा शुक्रबार सुरु हुनेछ ।

March 15, 2025

क्षितीज फ्रिस्टाइल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.