5 years ago
December 6, 2019
क्रियटिभ भ्वाइस
टीएस ठकुरी
दक्षिण एसियाली खेलकुद(साग)को यात्रा तय भएकै थिएन, सुरेन्द्र हमालले देशका लागि कीर्तिमानी अन्तर्राष्ट्रिय पदक दिलाइसकेका थिए । उनले सन् १९८१ मा सिरियाको दमास्कसमा भएको एसियन च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेका थिए । यसले राष्ट्रिय एरिनामा नेपालगन्जको एकाएक चर्चा चुलियो ।
साविकको मध्य तथा सुदुरपश्चिम क्षेत्रबाट ओलम्पिक जाने पनि उनी सम्भवतः पहिलो खेलाडी नै हुन् । यही विरासतमा नेपालगन्जले भारोत्तोलनसँगको नाता प्रगाढ बनाउँदै अघि बढेको हो । उनकै सहयात्री समसुद्दिन सिद्धिकीले दक्षिण एशियाली खेलकुद(पहिले साफ, हाल साग)मा धेरै पदक जित्ने खेलाडीको परिचय बनाउन सफल रहे । यो स्वर्णिम अक्षरले लेखिएको इतिहास मात्र भो । समग्रमा नेपालकै भारोत्तोलन गौरव गर्न लायक छ साग यात्रामा । सागमा सर्वाधिक पदक दिलाउने खेल मध्ये भारोत्तोलन पनि हो ।
त्यही भारोत्तोलन र नेपालगन्जको नाता साँच्चिकै अजिबको छ ।
कीर्तिमानी खेलाडीदेखि भारोत्तोलनमा नेतृत्वसम्म नेपालगन्जले दिएको छ । नेपालगन्ज यस्तो सहर हो, जहाँ दुई पटकसम्म उपमेयरमा भारोत्तोलन खेलाडी नै निर्वाचित भएका छन् । २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनासँगै भएको पहिलो स्थानीय चुनावमा सुरेन्द्र हमाल निर्वाचित भए भने दोस्रो चुनावमा समसुद्दिन सिद्धिकी निर्वाचित भएका थिए ।
रोकिएको बृहत राष्ट्रिय खेलकुद व्युँताउने काम पनि नेपालगन्जले नै गरेको हो । नेपालगन्जका खेलप्रेमी रतन टण्डनले सम्पुर्ण खेलाडीको आवास र भोजनको खर्च व्यहोर्ने प्रतिवद्धता जनाएपछि बृहत राष्ट्रिय खेलकुदको चौथो संस्करण २०५५ सालमा नेपालगन्जमा भएको थियो । त्यसकै जगमा गएको वैशाखमा आठौं संस्कण समेत नेपालगन्जले आयोजना गरेर देखायो ।
अनावश्यक राजनैतिक हस्तक्षेप मन नपरेपछि रतन टण्डन केही समय खेलकुदबाट टाढिएका थिए । खेलकुदबाट विरक्तिएका बेला उनलाई नेपाल भारोत्तोलन संघको अध्यक्ष चयन गरी सक्रिय बनाइयो । नेपाल भारोत्तोलन संघको नेतृत्व सम्हाल्नुअघि नै उद्योगपति टण्डनको सहयोगमा राष्ट्रिय स्तरको भारोत्तोलन च्याम्पियनसीप नेपालगन्जमा आयोजना भइसकेको थियो ।
जब रतन टण्डनले २०६८ सालमा नेतृत्व सम्हाले, सायद त्यतिबेलै उनले दक्षिण एसियाली च्याम्पियनसिप नेपालबाट सुरु गर्ने संकल्प लिइसकेका थिए । रतन टण्डन बाहिर देख्दा जति नम्र छन्, कामका सवालमा उत्तिकै कठोर छन् । आँटेको पुरा गर्नैपर्ने स्वभाव उनको परिचय हो ।
हुनपनि नेपालगन्जमा प्रथम दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसिप उनकै सम्पुर्ण खर्चमा भव्यतापुर्वक सम्पन्न भयो । यही च्याम्पियनसिपबाट तारादेवी पुनहरु उदाएका हुन् । त्यसकै बलमा तारादेवी पल्सर स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट महिला खेलाडीबाट पुरस्कृत भएकी थिइन् ।
यतिमात्र हैन, नेपालगन्ज भेलाले दक्षिण एशियाली भारोत्तोलन फेडरेसन समेत गठन भयो । रतन दाइ फेडरेसनको उपाध्यक्ष चयन भए । उता, संघको चार बर्षे कार्यकालको मुल्यांकन गर्दै रतन दाइलाई पुन नेतृत्वमा दोहोर्याइयो । दोस्रो पटक उनले अर्को जोखिम उठाए, एशियन युथ च्याम्पियनसिप । जुन भारोत्तोलनमा मात्र हैन, नेपाली खेलकुदकै ठुलो प्रतियोगिता मध्ये हो । यसले रतन दाइलाई अन्तर्राष्ट्रिय समुदायमाझ स्थापित गरिदियो । फलस्वरुप खेलाडीले धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय एक्सपोजर पाउने अवसर पाउँदै गए ।
यसैबीच नेपालगन्जले प्रकाश केसी र सञ्जु चौधरी जस्ता युवा खेलाडी जन्मायो । सञ्जु एथ्लेटिक्स खेलाडीका रुपमा नेपालगन्ज प्रवेश गरेकी हुन् । बाँकेको सामान्य परिवारमा जन्मिएकी सञ्जुले भलिबल, क्रिकेट पनि खेलिन् । एथ्लेटिक्सको जुनियर तर्फ राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट खेलाडी समेत भइसकेकी हुन् ।
एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङकी खास शिष्य हुन् । नेपालगन्जमा भारोत्तोलनको इतिहाससँग साक्षात्कार हुनेक्रममा सञ्जुको यात्रा मोडियो, भारोत्तोलनमा पाइला अघि बढाइन् । उनले कोरियामा भएको एसियन युथ च्याम्पियनसिपमा पनि पदक जित्न सफल भइन्, तर यसको अपेक्षित चर्चा हुन सकेन ।
बिहानीले दिनको संकेत गर्छ । सञ्जुले देशका लागि बिशेष केही गर्ने संकेत देखाइसकेकी थिइन् । मेहनत, लगन, अनुशासन सधैं सञ्जुको उच्च प्राथमिकतामा रहे । फलस्वरुप १३औं सागमा बिहीबार पोखरामा भएको स्पर्धामा उनले ५९ केजी तौलसमुहमा स्वर्ण पदक जितेर देखाइन्, जुन पदक नेपाली भारोत्तोलन इतिहासमैं महिलाले जितेको पहिलो पदक हो । भारोत्तोलनकै दोस्रो साग स्वर्ण हो । सन् २००६ मा कमल अधिकारीले कोलम्बो(श्रीलंका) सागमा स्वर्ण पदक जितेका थिए ।
कीर्तिमानी सञ्जुको ऐतिहासिक नतिजाले नेपालगन्जको भारोत्तोलन विरासतलाई पछ्याउन सघाएको छ । फेरि एकपटक नेपालको छवि दक्षिण एसियामा फैलाउन योगदान दिएको छ । सञ्जुको सुखद भविष्यको कामना ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]