5 years ago
December 5, 2019
पोखरा (हाम्रो खेलकुद) –दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा सुरु भएको बिच भलिबलमा पुरुषको २ र महिलाको २ टिमले पहिलो खेलमै पराजय ब्यहोरेका हुन् ।
नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी तथा राजु विक र सञ्जु शाह जोडी पराजित भयो । महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी तथा कोपिला उप्रेती र मनीषा चौधरीको जोडी प्रतिस्पर्धामा उत्रिएका थिए ।
पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित भयो । बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीसँग १८–२१ र १६–२१ ले पराजित भयो ।
नेपालका राजु विक र सञ्जु शाहको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीसँग १४–२१ र १५–२१ को हार ब्यहो¥यो । बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहा अलिको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलिको जोडीलाई १७–२१, २१–१८ र १५–१२ को सेटमा पाखा लगायो ।
पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीले बंगलादेशको शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो । श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६ र २१–१८ मा समेट्दै जित हात पा¥यो ।
पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले बंगलादेशको मोहम्म्द मोनिर हुसैन र मोहम्मद शाहजहा अलिको जोडीलाई १८–२१, २१–१८ र १५–१० को सेटमा पराजित ग¥यो । श्रीलंकाका प्रदिप आशंका र असिन कुमाराले नेपालका राजु विक र सञ्जु शाहको जोडीलाई २१–९ र २१–११ मा सहजै पखा लगायो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]