5 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टर फाइनलमा पुगेका छन् । पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए । यस्तै प्रणवले बंगलादेशकाफारुक हुसेनलाई ६–० र ६–० ले पराजित गरे ।
महिला सिंगल्सतर्फ नेपालका सलोनी तामाङ र प्रेरणा कोइराला क्वार्टर फाइनलमा पुगे । सलोनीले मरियम हस्माहनिमलाई ६–२ र ६–१ ले हराइन् । प्रेरणाले बंगलादेशकी रिन्भीअख्तर तृप्तीलाई ६–३ र ६–० ले हराइन् । यस्तै बंगलादेशीक सुस्मिता सेनलाई ६–० र ६–० ले हराइन् ।
पुरुष डबल्सतर्फ नेपालका संरक्षक बज्राचार्य र प्रणवखनालको जोडीले बंगलादेशका मोहम्मदआलमगिर हुसेन र मोहम्मदमिलोनको जोडीलाई ६–२ र ६–४ ले हरायो ।
नेपालका प्रदीप खड्का र सन्तोष खत्रीको जोडी श्रीलंकाका एस अतुकोराले र वाई डिसिल्भाको जोडीसँग ६–२ र ६–३ ले पराजित भए ।
महिला डबल्सतर्फ नेपालका अभिलासा विष्ट र इरा मेहेमिसा रावतको जोडीले बंगलादेशका इशिता अफ्रोस र जरिन सुल्ताना जोलीको जोडीलाई ६–१ र ६–३ ले हरायो ।
मिक्स डबल्समा नेपालका इरा मेहेमिसा रावत र सन्तोष खत्रीको जोडीक्वार्टर फाइनलमा पुग्यो । सावत र खत्रीको जोडीले माल्दिभ्सका रिफ्गायुसुफ नजिव र नाजिफ हुसेनको जोडीलाई ६–० र ६–१ ले हराउँदै क्वार्टर फाइनलमा पुग्यो ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् । सुदूरपश्चिमले पछिल्लो खेलमा खेलेको टिम नै मैदान उतारेको छ । सुदूरपश्चिम ४ दिन पछि खेल खेल्दैछ । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ दीपेन्द्रसिंह ऐरी, हर्मित […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटले हराएपछि काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध विराटनगर किंग्सले सामान्य योगफल तयार गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र […]