5 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनिता शाही र अप्सरा कार्की १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदै रजतमा सिमित भएका छन् ।
महिला ७३ केजीमुनि तौल समूहमा मनिता भारतकी मारिया रेगीसँग १५-० ले पराजित भइन् । मनिता पहिलो चरणमा ६-० ले पछाडी रहेकी थिइन् । दोस्रो चरणमा मारियाले दवदवा कायम गर्दै १३-० को अग्रता पुर्याइन् । त्यसअघि मनिताले श्रीलंकाकी सचिता आर्चाचिगेलाई २९-२ ले हराएकी थिइन् ।
त्यसअघि अप्सरा कार्की ६७ केजी मुनि तौल समूहमा फाइनलमा पराजित भएपछि रजतमा सिमित भइन् । फाइनलमा भारतकी रुचिका भावेसँग ८-५ ले पराजित हुँदै अप्सरा स्वर्णबाट चुकीन् । पहिलो राउण्डमा भारतले ४-० को अग्रता लिएको थियो । दोस्रो राउण्डको समाप्तिमा ७-२ को स्थिति रहेपनि अन्त्यमा अप्सराको पुनरागमन प्रयास सफल हुन सकेन ।
सेमिफाइनलमा अप्सराले बंगलादेशकी सलमा खातुनलाई पराजित गरेकी थिइन् । भारतकी रुचिकाले भने भुटानकी सोनाम यान्ग्सोलाई हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् ।
त्यसअघि महिला ४९ केजी मुनि तौल समूहमा युनिषा राई सेमिफाइनलमा भारतकी पुर्वा दीक्षितसँग पराजित हुँदै कास्यमा सिमित भएकी थिइन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]