5 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व उपकप्तान पोखराकी मञ्जु गुरुङ बिहीबार विवाह बन्धनमा बाधिएकी छिन् । देशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहँदा अघिल्ला दुई संस्करणकी पदक विजेता मञ्जु विवाह बन्धनमा बाधिएकी हुन् । उनले हङकङ बसोबास गर्दै आएका हितकाजी गुरुङसँग विवाह गरेकी हुन् ।
१३ औं सागका लागि प्रारम्भिक छनोटमा नपरेपछि निकै गुनासो गरेकी मञ्जुले सन् २००६ को दसौं र २०१६ को १२ औं सागमा नेपाली भलिबल टोलीका लागि कास्य पदक जितेकी थिइन् । यसपटक भलिबलले इतिहासिक सफलता प्राप्त गर्ने क्रममा रजत पदक जितेको थियो । साग इतिहासमा महिला भलिबलले रजत पदक जितेको यो पहिलो पटक हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्ड जितेकी मञ्जु पोखराको लुम्बिनी बैंकमा कार्यरत छिन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]