5 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उसु खेलाडी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो स्वर्ण पदक जित्ने उसु खेलाडीको कीर्तिमान कायम गरिन् । भारतमा भएको १२ औं सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । निमाले १८.१९ स्कोर ल्याउँदा अख्तरले १६.३ अंक जोडिन् । श्रीलंकाकी संजु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो स्थान हासिल गरिन् । स्वर्ण जितेपछि हाम्रो खेलकुदसँग बोल्दै निमाले आफ्नो खुसी यसरी साटिन् ।
‘म निकै खुसी छु। १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि मैले स्वर्ण जिते । यहाँ मेरो परिवार नै आउनु भएको थियो । बाबा आमाकै अगाडि स्वर्ण जित्दा निकै खुशी छु । यो मेरो स्वर्ण मेरो अभिभावकलाई समर्पण गर्न चाहन्छु । त्यसपछि प्रशिक्षकहरुलाई ।’
‘आज चाहिँ गल्ति भएन। पहिलेको भन्दा निकै राम्रो गरेँ। निकै खुसी लागिरहेको छ। प्रदर्शन हेर्दा राम्रोसँग भएको छैन जस्तो लाग्छ। त्यसैले पनि अलिक खिन्न त छु नै । तयारी निकै राम्रो भएको थियो। हामीले करिब ६ महिनादेखि नै क्लोज क्याम्पमा बसेर अभ्यास गरिरहेका थियौं। हामीलाई सरकारको लगानी पनि निकै ठूलो थियो। १३औं सागको लागि भनेर हामी पहिलेदेखि नै राम्रो तयारीमा थियौं ।’
‘हामी विश्व च्याम्पियनसिपको लागि १२ जना खेलाडी गएका थियौं । राम्रो नतिजा नआएपनि हामीले निकै धेरै कुरा सिक्ने मौका पाएका थियो । यसले पनि मद्दत गर्यो ।’
‘अझै राम्रो भन्दा राम्रो खेल्ने मेरो चाहना छ । हुन त हामीसँग पर्याप्त भौतिक संरचना पनि छैन । म्याट देखि कभर्डहल छैन । अझै राम्रो गर्न यतिले पुग्दैन जस्तो लाग्छ । हामीले हरेक कुरामा सुधार गर्दै जानु पर्छ ।’
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]