5 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ७५ केजी तौल समूहमा नेपालका गंगाराम कुशवाले रजत पदक जितेका छन् ।
सातदोबाटोमा मंगलबार भएको फाइनलमा गंगाराम एसियन च्याम्पियन सादी अम्बाससँग नकआउट नै भए । ८–० को अंकमा पराजित हुदै गंगारामले रजतमै चिक्त बुझाएका हुन् ।
यसअघि गंगाराम कुशवाले भुटानका शेराब वाङचुकलाई ७–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । पाकिस्तानका सादी अम्बासले श्रीलंकाका बन्दरिगोडेजलाई ६–१ ले पराजित गर्दै फाइनलमाम प्रवेश गरेका थिए।
१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको पदक
स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
११.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१२.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१५.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१६.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
१९.ट्रायथलन – सोनी गुरुङ
२०.डुवाथोलन – हिमाल टमाटा
२१. उसु (थाउलो) – विजय सिन्जाली
२२. उसु (थाउलो) – सुस्मिता तामाङ
२३.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
रजत पदक
१.कराते (एकल काता) – चन्चला दनुवार
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
४.कराते (६१ केजी )– अनु गुरुङ
५. कराते (७५ केजी)– गंगाराम थारु
५.डुवाथोलन – लक्ष्मण मल्ल
६. डुवाथोलन – हुमी बुढा मगर
कास्य पदक
१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
६.ट्रायथलन – बसन्त थारु
७.कराते – राजीव पुडासैनी
८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]