default_image

5 years ago

December 3, 2019

डुवाथोलनमा नेपाललाई अर्को रजत

189 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पोखरामा जारी डुवाथोलन महिला स्प्रिन्टमा नेपालले रतज पदक जितेको छ । नेपालका लागि हुमी बुढा मगरले रजत पदक जितेकी हुन् । श्रीलंकाकी एरेङगादुलाक्सीले स्व्र्ण र श्रीलंककै उदयकुमारीले कास्य पदक जितेकी छिन् ।

एरेङगादुलाक्सले १ घन्टा ५ मिनेट ५८ सेकेन्डमा कोर्स पुरा गरेकी थिइन् । हुमीले १ घन्टा ८ मिनेट ५४ सेकेन्डमा दुरी पुरा गरिन् । त्यस्तै उदयुकमारीले १ घन्टा ९ मिनेट ९ सेकेन्डमा दुरी पुरा गरिन् । डुवाथोलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ अन्त्यमा फेरिक २.५ किलोमिटर दौडको कोर्स हुन्छ ।

त्यसअघि पुरुष डुवाथोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका थिए । त्यसमा श्रीलंकाका खेलाडीले कास्य पदक जितेका थिए । पहिलो दिन ट्राइथोलनको महिलानमा सोनी गुरुङले स्वर्ण र बसन्त थारुले कास्य पदक जितेका थिए । नेपालले ट्रायथोलनमा अहिले सम्म २ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।

बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टोली रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गर्नुपर्ने हुन्छ ।

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

११.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१२.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१५.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१६.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

१९.ट्रायथलन – सोनी गुरुङ

२०.डुवाथोलन – हिमाल टमाटा

२१. उसु (थाउलो) – विजय सिन्जाली

२२. उसु (थाउलो) – सुस्मिता तामाङ

२३.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )- अनु गुरुङ

५.डुवाथोलन – लक्ष्मण मल्ल

६. डुवाथोलन – हुमी बुढा मगर

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

 

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.