5 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा नेपाल २५-२३ ले विजयी भएको छ ।
पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको हो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो ।
दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो । नेपालले ४-१ को अग्रता कायम गरेको थियो । भारतले पुनरागमन गर्दै ८-८ को बराबरीमा फर्कार्यो । भारतले लगातर दुइ अंक जोड्दै १०-८ को अग्रता कायम गर्न सफल भयो । नेपाली स्पाइकरले उत्कृष्ट ब्लक गरेपछि नेपालले खेलमा पुन अग्रता कायम गर्दै १३-१२ को अवस्थामा पुर्याएका थिए ।
कडा प्रतिस्पर्धा बनेको खेल भारतीय स्पाइकरले पुन उत्कृष्ट ब्लक गरेपछि नेपाल १६-१५ ले पछि परेको थियो । भारतीय खेलाडीको तालमेल नमिल्दा खेल १६-१६ को अवस्थामा पुगेको थियो । प्रतिभा मालीको चलाखीपूर्ण प्रर्दशनले नेपालले १९-१७ को अग्रता कायम गर्दै जितको आशा बढाएकी थिइन् । सफिाको सर्मिस नेटमा लागेर कटेपछि अग्रथता बढाएको थियो । नेपालले २१-१८ को अग्रता कायम गर्यो ।
प्रतिभा मालीको उत्कृष्ट शट भारतीय खेलाडीले उठाउन नसक्दा नेपाल जित तर्फ अघि बढ्दै २२-१८ को अग्रता कायम गरेको थियो । नेपालको जितमा प्रतिभा मालीको जित उत्कृष्ट रह्यो ।
नेपाली महिला भलिबल टोली सागमा पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]