5 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
त्यसअघि ग्यारोगीतर्फ नै महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा काजल श्रेष्ठले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । उनले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिईन् ।
मंगलबार नै एथलेटिक्सतर्फ भने सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा पदका जित्दै सागमा स्वर्ण जित्ने पहिलो महिला एथलेटिक्स खेलाडी बनिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई १ मिलिसेकेन्डले पछि पारेकी थिइन् ।
यस्तै करातेमा नविन रसाइली र सुनिता महर्जनले पदक थप्दा उसुमा विजय सिंजाली र सुस्मिता तामाङले पनि पदक पक्का गरेका छन् । पोखरामा सम्पन्न डुवाथ्लनमा हिमाल टमाटाले स्वर्ण जितेका थिए ।
फुटबलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ । क्रिकेटमा भने नेपालले पहिलो खेलमा नै श्रीलंकासँग हार बेहोरेको छ ।
१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
११.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१२.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१५.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१६.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
१९.ट्रायथलन – सोनी गुरुङ
२०.डुवाथोलन – हिमाल टमाटा
२१. उसु (थाउलो) – विजय सिन्जाली
२२. उसु (थाउलो) – सुस्मिता तामाङ
२३.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
रजत पदक
१.कराते (एकल काता) – चन्चला दनुवार
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
४.कराते (६१ केजी )- अनु गुरुङ
५.डुवाथोलन – लक्ष्मण मल्ल
कास्य पदक
१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
६.ट्रायथलन – बसन्त थारु
७.कराते – राजीव पुडासैनी
८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]