5 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । तेक्वान्दोमा मंगलबार नेपालले जितेको यो पहिलो स्वर्ण हो ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिईन् ।
पहिलो दिन पुम्सेतर्फ दवदवा कायम गरेको तेक्वान्दोले कुल ७ स्वर्ण जितेको थियो । ग्यरोगीमा भने नेपालले अघिल्लो दिनजस्तो प्रदर्शन गर्न सकेको छैन । मार्सल आर्ट्समा पहिलो दिन १४ पदका जितेको नेपालले दोस्रो दिन भने केहि कम पदक प्राप्त गरेको छ ।
मंगलबार एथलेटिक्सतर्फ भने सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा पदका जित्दै सागमा स्वर्ण जित्ने पहिलो महिला एथलेटिक्स खेलाडी बनिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई १ मिलिसेकेन्डले पछि पारेकी थिइन् ।
यस्तै करातेमा नविन रसाइली र सुनिता महर्जनले पदक थप्दा उसुमा विजय सिंजाली र सुस्मिता तामाङले पनि पदक पक्का गरेका छन् । पोखरामा सम्पन्न डुवाथ्लनमा हिमाल टमाटाले स्वर्ण जितेका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]