5 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् । नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् ।
यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र बंगलादेशकी खेलाडीले ७.७३ स्कोर गरेकी थिइन्। त्यसअघि विजय सिन्जालीले पुरुष थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]