default_image

5 years ago

December 3, 2019

‘पदक जित्ने भोक अझै जागेको छ’ – आयशा

157 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

आयशा शाक्य २ वर्षभन्दा केहि अगाडि दोस्रो पटक आमा बनेकी थिइन् । त्यो अवस्थामा उनीसँग दक्षिण एसियाली खेलकुद (साग) को एक स्वर्ण, दुई रजत पदक र एसियाली खेलकुदको एक कास्य पदक थियो । सन् २००६ मा उनले दसौं सागमा रजत र एसियाडमा कास्य जितेकी थिइन् । २०११ को ११ औं सागमा उनले स्वर्ण जित्ने धोको पुरा गरिन् ।

त्यसपछि उनले सागकै सर्वाधिक सफल खेलाडी दीपक विष्टसँगको लामो प्रेम सम्बन्धलाई विवाह बन्धनमा परिणत गरिन् । उनीहरुको पहिलो सन्तानको जन्म पछि धेरैलाई लाग्यो अब आयशाले खेल्ने छैनन् । तर, अनुमानलाई गलत सावित गर्दै उनी २०१६ को १२ औं सागमा उत्रिइन्, त्यहाँ पनि उनले रजत पदक जितेकी थिइन् । उनीहरुको जेठो छोराकै उमेर साढे ६ वर्ष नाघिसकेको छ ।

त्यसपछि उनले २०७४ असोजमा दोस्रो सन्तानलाई जन्मदिइन् । यसअघि गेरुगी (फाइट) विधामा सफलता हासिल गर्दै आएकी आयशाले फेरि त्यहि नखेल्ने निश्चित गरिसकेकी थिइन् । जब वैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पुम्से समावेश भयो । फेरि उनी एक पटक पुम्से (डेमो) मार्फत खेलमा फर्कने निर्णयमा पुगिन् । श्रीमान् दीपकले पनि उनलाई फेरि एक पटक फर्कन सल्लाह दिए । आयशा श्रीमानको त्यहि सल्लाह नयाँ यात्राको टर्निङ प्वाइन्ट मान्छिन् ।

सोमबार आयशाले तेक्वान्दोको पुम्सेतर्फ दुई स्वर्ण पदक जितिन् । दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी तेक्वान्दोकी पहिलो खेलाडी हुन् । समग्रमा सन् २००६ मा राजेन्द्र भण्डारीले दुई पदक जितेपनि डोपिङमा परेपछि उनको पदक खोसियो । सोमबार नै करातेका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जितेका थिए । आयशाले एकल पुम्से र पेयर पुम्सेमा संजिवकुमार ओझासँग मिलेर स्वर्ण जितेकी थिइन् ।

‘गेरुगी नखेल्ने निर्णय लिइसकेको थिए । पुम्सेमा पनि प्रतिस्पर्धा हुने भएपछि म उत्साहित भए । फेरिक एकपटक खेलौ भन्ने भयो । १० दिनको तयारीमा मैले आठौंमा पुम्से खेले । हाम्रो टोली तेस्रो भयो,’ सोमबार सागमा पहिलो पटक समावेश पुम्से एकल र जोडीमा स्वर्ण जितेपछि उनले भनिन्, ‘त्यसपछि राष्ट्रिय टोलीमा समेटिएर प्रशिक्षण गर्ने अवसर मिल्यो । त्यसपछि लगातार मिहिनेत गरेर आउँदा सफलता मिलेको छ ।’

साग अघि उनले यसलाई खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्ने संकेत गरेकी थिइन् । तर, सोमबार दोहोरो स्वर्ण पदक जितेपछि उनलाई लाग्यो, यो त मेरो अर्को यात्राको सुरुवात हुन सक्छ । ‘यसमा असफल भएको भए अर्को सोच आउन सक्थ्यो,’ उनले हास्दै भनिन्, ‘यो सफलताले त मलाई अझै सफलताका लागि लाग्न भोक जगाइदिए जस्तो भएको छ । उमेर बढ्दै जाँदा पनि खेल्न सकिन्छ भन्नका लागि पुम्से एउटा उत्तम माध्यम हो । उमेर समूहमा पुम्से खेलाइने भएकाले यसले धेरैलाई प्रेरित गरेको छ ।’

विना स्वार्थको मेहनत र तयारीले सफलता मिल्ने उनले अनुभव सुनाइन् । ‘कसैको दबाबमा होइन । मन देखि खेल्नु पर्छ । लक्ष्य बनाएर दृढ संकल्प लिएर तयारी गर्दा सफलता मिल्छ,’ उनले भनिन्, ‘जीवनमा सफलताका लागि केहि व्यक्तिगत केहि कुरा त्याग्नु पर्ने हुन्छ । एउटी आमा भएर २ सन्तानबाट टाढा बस्न सजिलो पक्कै छैन । तर मैले जे गर्छु त्यो उनीहरुको भविष्यका लागि पनि हो भनेर खेलमा लागि रहे ।’

एकल पुम्समा स्वर्ण पदक जितेपछि त्यसले अर्को स्वर्णका लागि थप सहज भएको उनको अनुभव छ । ‘पहिलो स्वर्णले मनोबल बढेको थियो । तर म भन्दा नी मेरा सहकर्मी सञ्जिव ओझा बढी उत्साहित र स्वर्ण पदक जित्नेमा बढी विश्वस्त हुनुहुन्थ्यो,’ उनले सुनाइन्, ‘पहिलो स्वर्ण जितेपछि म लगातार अन्तवार्ता दिइरहेको थिए । त्यहि बेला सञ्जिव आएर अभ्यासका लागि जाउ भन्नुभयो । हामीले ४/५ पटक अभ्यास गरेर प्रतिस्पर्धामा उत्रेका थियौं र सफल पनि भयौं । ‘

पहिलो पटक घरेलु मैदानमा खेलेर स्वर्ण पदक जित्दाको अनुभव नै बेग्लै हुने आयशाले सुनाइन् । ‘बाहिर खेल्दा हामी खेलाडीले एक अर्कालाई हुटिङ गर्ने हो । तर देशमा खेल्दा परिवार, साथीभाई देखि सबै हुने । हौसला नै बढेर आउने,’ उनले भनिन्, घरमा खेल्नुको आनन्द अर्कै हुने । मनोबल उच्च हुने । ‘ उनले १३ औं सागमा प्रतिस्पर्धा गर्ने सबैलाई सफलताका लागि शुभकामना पनि दिएकी छिन् ।

आयशा र विष्ट परिवारमा अहिले पदक संख्या कुल १३ पुगेको छ । विष्टले ७ पदक जितेका छन् भने आयशाले ६ । अब आयशाको लक्ष्य पुम्सेतर्फ नै करीअर अगाडी बढाउँदै परिवारमा पदक संख्या थप बढाउनु हो । त्यसमा उमेरले कुनै वाधा नआउने उनको बुझाइ छ । ‘ पुम्सेतर्फ विश्व च्याम्पियनसिपमा ६०-६५ वर्षका खेलाडीले सहभागिता मात्र होइन, पदक नै जितेको देखें । यसले पनि मलाई निकै प्रेरणा दियो । म आफैंलाई पनि विश्वास छ की पुम्सेमा म अझै लामो समय खेल्न सक्छु,’ उनले हाँस्दै थपिन्, ‘ के थाहा श्रीमानको पदक संख्या पो तोडिन्छ की ? ‘

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

February 1, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो । पहिलो खेलमा नेपाल […]

January 31, 2025

भारतले एक खेल अगावै सिरिज जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – भारतले पाहुना टोली इङ्ग्ल्याण्डविरुद्धको टि ट्वान्टी आई सिरिज १ खेल अगावै जितेको छ । चौथो खेलमा शुक्रवार इङ्ग्ल्याण्डलाई १५ रनले हराएसँगै भारतले ५ खेलको सिरिज जितेको हो । भारतले सिरिजमा ३-१ को अग्रता बनाएको छ । १ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट […]

Success

Thank you for your time.