default_image

5 years ago

December 2, 2019

तेक्वान्दो र करातेमा समान ७ स्वर्ण पदक

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सोमबार नै १५ स्वर्ण पदक जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोली पल्ट सोमबार तेक्वान्दो र करातेले प्रतिस्पर्धा गरेका सबै इभेन्टमा पदक जितेको छ । तेक्वान्दो र करातेमा समान ७ र ट्रायथोलनमा १ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले ३ रजत र ६ कास्य पदक जितेको छ ।

तेक्वान्दोमा नेपालले १३ इभेन्टमा प्रतिस्पर्धा गर्दा ७ स्वर्ण पदक जितेको नेपालले १ रजत र ५ कास्य पदक जितेको छ । त्यस्तै करातेमा प्रतिस्पर्धा गरेको ९ मध्ये नेपाली खेलाडीले ७ वटामा स्वर्ण पदक जिते । २ खेलाडीले रजत जितेका छन् । त्यस्तै नेपालले पोखरामा भएको ट्रायथोलनमा १ स्वर्ण र १ कास्य पदक जितेको छ ।

करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितेका छन् । पहिलो पटक साग खेलिरहेका मण्डेकाजीले एकल काता र टिम काता दुवैमा स्वर्ण पदक जितेका हुन् । मण्डेसँगै टिम इभेन्टमा महसुस तामाङ र प्रविण मानन्धर स्वर्ण जित्ने टोलीमा थिए ।

सागमा यसअघि नै १ स्वर्ण र २ रजत पदक जितेकी आयशाले पहिलो पटक सागमा समावेश गरिएको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । उनले २९ वर्षमाथिको पुम्सेमा पहिलो स्थान प्राप्त गरेका हुन् । उनले सञ्जिवकुमार ओझासँग मिलेर पेयर पुम्सेमा पनि स्वर्ण पदक जितेकी हुन् । आयशाले सन् २००६ एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । आयशाका श्रीमान् ओलम्प्यिन दीपक विष्ट सागका ४ पटकका स्वर्ण पदक विजेता हुन् ।

त्यस्तै करातेको महिला टिम कातामा नेपालका लागि निर्मला तामाङ, संगिता मगर, सरु कार्कीको टोलीले स्वर्ण पदक जितेको थियो । कुमेतेमा लक्ष्मण तामाङ, विप्लवला श्रेष्ठ, कुसुम खड्का र अनु अधिकारीले स्वर्ण जितिन् । लक्ष्मणले ५५ केजी, विप्लवले ८४ केजी माथि, कुसुमले ४५ केजी मूनि र अनुले ५० केजी मूनिमा पहिलो स्थान प्राप्त गरेका हुन् ।

तेक्वान्दोको पहिलो दिन पुम्सेका सबै इभेन्ट सम्पन्न हुँदा आधा भन्दा बढी स्वर्ण पदक नेपाली खेलाडीले जितेका छन् । आयशासँगै पुम्सेमा कमल श्रेष्ठ, सिना मादेन लिम्बु, पार्वती गुरुङले स्वर्ण जितेका छन् । नेपालले महिला टिम पुम्से १७–२३ वर्ष र २३–२९ वर्षमा स्वर्ण पदक जितेको छ ।
कमलले २३–२९ वर्ष, सिना १७ –२३ वर्षले, पार्वतीले २३ –२९ वर्षमा स्वर्ण जितेका हुन् । १७–२३ वर्षको महिला टिम पुम्से स्वर्ण जित्ने टोलीमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना छन् । त्यस्तै निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईले पुम्से महिला टिम (२३–२९ वर्षमा पहिलो स्थान प्राप्त गरे । पोखरामा ट्रायथोलनमा सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् ।

आफ्नै गल्तिमा करातेका दिवस श्रेष्ठले रजत पदकमा चित्त बुझाउनु परेको छ । उनले अन्तिम चेतावनीका रुपमा हान्साकु पाएपछि दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । चन्चला दनुवारले पनि महिला एकल कातामा रजत पदक प्राप्त गरिन् । तेक्वान्दोमा कृष्णबहादुर तामाङले १७ देखि २३ वर्षको समूहमा रजत पदक जिते ।

१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)– कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

ट्रायथलन – बसन्त थारु

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.