5 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एकल तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेकी आयशा शाक्यले पुम्से जोडीमा पनि स्वर्ण पदक जितेकी छिन् । यससँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक दर्जन स्वर्ण जितेको छ ।
आयशाले सञ्जिवकुमार ओझासँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशा र सञ्जिवको जोडीले ८.१६० स्कोर गरेका थिए । तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् ।
आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् । उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । त्यसअघि उनले २००६ को दसौं साग र २०१६ को १२ औं सागमा पनि कास्य पदक जितेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक जितेकी थिइन् ।
१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनी)- कुसुम खड्का
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार ओझा
ट्रायथलन – सोनी गुरुङ
रजत पदक
कराते (एकल काता) – चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
कास्य पदक
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]