5 years ago
December 2, 2019
कठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा करातेमा अर्को स्वर्ण पदक जितेको छ । सातदोबाटोमा जारी करातेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १ –० को अन्तरले पराजित गरेका हुन् ।
करातेमा नेपालको ४ स्वर्ण पदक पुगेको छ । यसअघि नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।
१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला)
कराते (टिम काता ,पुरुष)
कराते (५५ केजी) – लक्ष्मण तामाङ
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
ट्रायथलोन – सोनी गुरुङ
रजत पदक
कराते (एकल काता) – चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
यो पनि :
२ छोराकी आमा आयशाले जितिन् स्वर्ण
साग तेक्वान्दोमा पार्वतीले दिलाइन स्वर्ण
सिनाले दिलाइन् तेक्वान्दोमा दोस्रो स्वर्ण
मण्डेकाजी सम्मिलित नेपाललाई टिम कातामा स्वर्ण
मण्डेकाजी सम्मिलित नेपाल टिम काताको फाइनलमा
अन्जलीको विश्व कीर्तिमानमा नेपाल ५ बलमै विजयी
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]