5 years ago
December 2, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) ट्राईयाथलनमा सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै सोनीले स्वर्ण हात पारेकी हुन् । पौडी र साइक्लिङमा पछि परेकी उनले दौडमा आफुलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन् ।
विजयी सोनीलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । यस्तै गण्डकी प्रदेशका माननिय सासद दीपक कोईरालाले उनलाई २५ हजार रुपैयाँ दिने घोषणा गरे ।
भारतका खेलाडीले रजत र कास्य पदक जिते । सरोजनी देवीले १ घन्टा, १४ मिनटका र प्रग्न्या मोनान १ घन्टा १४ मिनट ५७ सेकेन्डमा ट्रायथोलन पुरा गरेकी थिइन् ।
पोखराको फेवातालमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ भने नेपाली खेलाडी बसन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । पुरुष तर्फ पहिलो र दोश्रो स्थान भारतले हात पा¥यो । भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र बिश्वरजित साईखोम १ घन्टा २ मिनट ५९ सेकेन्डमा साथ स्वर्ण र रजत प्राप्त गरे । मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ ।
काठमाडौंमा जारी करातेमा नेपालले २ स्वर्ण र एक कास्य पदक जितिसकेको छ । त्यस्तै तेक्वान्दोमा १ स्वर्ण र १ रजत पदक जितेको छ ।
करातेमा मण्डेकाजी श्रेष्ठ र महिला टिम काताले स्वर्ण जितेका हुन् । त्यस्तै चन्चला दनुवारले रजत पदक जितेकी हुन् । तेक्वान्दो पुम्सेमा कमलबहादुर श्रेष्ठले स्वर्ण पदक जितेको हुन् । त्यस्तै १९ देखि २४ वर्ष उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]