default_image

5 years ago

December 2, 2019

तेक्वान्दोमा कमललाई स्वर्ण

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका कमल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा स्वर्ण जितेका छन् ।

कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे ।

त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर‌ समूहमा रजत जिते । उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भए ।

तेक्वान्दोमा आज पहिलो दिन पुम्सेतर्फ १३ पदकको छिनोफानो हुनेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.