default_image

9 years ago

June 21, 2016

महिला डबललिग भलिबल ,जब्स ग्लोबल कप पुरुष भलिबल

126 views

0 Bookmark

काठमाडौं, असार ६ गते
१२ औं ढोरपाटन ब्लु स्काई कप, टिभिएस महिला भलिबल लिग प्रतियोगिता पुसको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पाँच उत्कुष्ट विधामा सफलता हात पार्ने खेलाडीलाई पाँच वटा स्कुटर पुरस्कार राखिएको ढोरपाटन क्लवका अध्यक्ष मानवीर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

dr

प्रतियोगिता आगमी पुस ९ देखि २३ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले ३ लाख २० हजार रुपैयाँ पुरस्कार राखिएको छ । उपविजेतालाई १ लाख ६० हजार, तेस्रो हुनेलाई७५ हजार रुपैयाँको पुरस्कार राशी छुट्टाइएको क्लवले जनाएको छ ।  चौथौ हुनेलाई ४५ हजार, पाचौँ हुनेलाई ३५ हजार,छैठौं हुनेलाई २५ हजार र सातौं हुने टिमलाई १५ हजार नगद र कप पुरस्कार राखिएको आयोजकले जानकारी गराएको हो ।

उत्कुष्ट खेलाडी, प्रतिभावान खेलाडी, प्लेयर अफ दि एयर,प्लेयर अफ दी सिरिज र ग्रेट अचिमेन्ट अवार्ड गरेर छुट्टाछुटै ५ जना महिला खेलाडीलाई टिभिएस स्कुटर पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष छन्त्यालले बताए । त्यस्तै गरी उत्कुष्ट, स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।

ढोरपाटन क्लवका अध्यक्ष मानवीर छान्त्याल  र जब्स ग्लोबल इम्पोइमेन्ट सर्भिस प्रालिका निर्देशक  चन्द्रसिंह अदई बीच प्रतियोगितामा प्रयोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जब्स ग्लोबलले प्रतियोगिता प्रयोजन स्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको जानकारी गराएका छन् ।  निर्देशक अदईका अनुसार भलिबल खेलको स्तर बढाउन प्रयोजक गरेको जानकारी दिएका छन् ।

‘यो प्रतियोगिताले प्रतिभावान खेलाडी नयाँ अवसर प्रदान गरेको छ । उनीहरुलाई खेल कौशल बढाउने उपयुक्त खेलाडीलाई अवसर प्रदान गरेको छ ।’ उनले भने,‘लामो समय सम्म सहकार्य गरेर अघि बढ्ने योजनामा रहेका छौं ।’

ढोरपाटन क्लवले आगमी मसिंर २० देखि पुष ३ गते सम्म पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, दोस्रो हुनेलाई १ लाख रुपैयाँ पुरस्कार रहेको क्लवका महासचिव देवेन्द्र घर्तिमगरले जानकारी दिए । त्यस्तैगरी तृतीय हुनेलाई ५० हजार, चोथो हुनेलाई ४० हजार, पाँचौ हुनेलाई ३० हजार, छैठौ हुनेलाई २० हजार र सातौँ हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कुष्ट पुरुष खेलाडीलाई १ थान मोटरसाइकलको पुरस्कार दिइने आयोजकले जनाएको छ

उत्कुष्ट, स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।।त्यस्तै गरी क्लवले साउन २७ देखि २९ गते सम्म ब्रदर्श स्पोर्टस हलमा ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ । नेपाल भलिबल संघका निर्वतमान अध्यक्ष दानबहादुर तामाङले प्रतियोगिताले नवप्रतिभावान खेलाडी जन्माउन महत्वपूर्ण योगदान पु¥याउने जानकारी दिएका छन् ।  नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले ढोरपाटनले भलिबलको विकासमा टेवा पु¥याएको बताएका छन् ।

पोखराको ज्ञानुबाबा उच्च मावि ढोरपाटनको दोस्रो संस्करण देखि  पाचौँ संस्करण सम्म लगातार चौथो पटक उपाधि हात पार्न सफल सर्वाधिक सफल टिम हो । ससत्र प्रहरी बल एपीएफले आठौं संस्करण देखि एघारौं संस्करण सम्म चार पटक उपाधि हात पारेको छ । पहिलो संस्करणमा त्रिभुवन आर्मी र सातौं सस्करणमा नेपाल पुलिस क्लवले उपाधि हात पारेका थिए ।

March 11, 2025

साफ च्याम्पियनसिपमा होम एन्ड अवे नहुने!

काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

Success

Thank you for your time.