9 years ago
June 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी साउन ६ गते काठमाडौंमा हुने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सरस“ग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । पछिल्लो सात बर्षदेखि हंशराज हुलाचन्द एण्ड कम्पनीले नै अवार्डलाई प्रायोजन गर्दै आएको छ । शनिबारको सम्झौतापछि आउने पाँच संस्करण पनि पल्सर स्पोर्टस अवार्डकै नाममा कार्यक्रम हुनेछ ।
हंशराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी अधिकृत शेखर गोल्छा र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभयो । पल्सरले यो वर्ष मुख्य प्रायोजन वापत ३ वटा पल्सर मोटरसाइकलसहित १५ लाख रुपैया“ बराबर उपलब्ध गराउने भएको छ । उत्कृष्ट खेलाडी पुरुष–महिला र लोकप्रिय खेलाडी बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
‘पल्सर स्पोर्टस् अवार्ड खेलकुद क्षेत्रमा मात्रै नभइ मुलुककै प्रतिष्ठित अवार्डका रुपमा दर्ज भइसकेको छ ,’ गोच्छाले भन्नुभयो,‘ हामीसँग सहकार्य गरेकामा मञ्चलाई धन्यवाद दिन चाहन्छौं ।’
खेलकुदले राष्ट्रलाई एकताको सुत्रमा बा“ध्ने काम गरे पनि राज्यले यसमा लागानी बढाउन सकेको छैन । ‘राज्यले लगानी नगरेको क्षेत्रमा नीजि क्षेत्रले जति नै गरेपनि अपुग देखिन्छ,’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका गोल्छाले भन्नुभयो ‘सर्वप्रथम राज्य खेलकुद प्रति उदार भइदिनुपर्छ ।’ खेलकुदमा पछिल्लो समय बढेको नीजि क्षेत्रको लगानीबाट खेलाडी, प्रशिक्षक र खेल अधिकारीका साथै पल्सर स्पोर्टस् अवार्ड पनि लाभान्वित भएको गोल्छाले जनाउनुभयो ।
मञ्चले प्रत्येक वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुष, युवा खेलाडी, प्रशिक्षक, लोकप्रिय खेलाडी, लाइफ टाइम एचिभमेन्ट अवार्ड, पारा एथ्लिट अवार्ड र स्पेशल अवार्ड गरी ८ विधामा खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । विनाशकारी भूकम्प, त्यसपछिको अघोषित नाकाबन्दी र खेल पत्रकार सुमन भोम्जनको निधनका कारण मञ्चले गत वर्ष अवार्ड कार्यक्रम भने गरेन ।
मञ्चका अध्यक्ष आचार्यका अनुसार सबै बिधामा मनोनित हुने खेलाडीहरुको नामावली खेलाडी छनोट समितिले छिट्टै सार्वजनिक गर्नेछ । अवार्ड कार्यक्रमका लागि भन्दै मञ्चले विभिन्न १२ वटा उपसमिति समेत गठन गरिसकेको छ । उहा“ले भन्नुभयो, ‘मुख्य प्रायोजकस“गको सम्झौता र अवार्डको मिति घोषणास“गै कार्यक्रमले गति लिएको छ । अघिल्लो संस्करणको अवार्डभन्दा यसपालि थप रोमाञ्चक र आकर्षक कार्यक्रम पस्किनेपट्टि हाम्रो ध्यान जानेछ ।’
लोकप्रिय खेलाडीको छनोट भने एस.एम.एस भोटिङका आधारमा हुनेछ । मञ्चले हरेक वर्ष जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकारिता दिवसको सेरोफेरोमा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
December 22, 2024
एजेन्सी – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा खराब प्रदर्शनलाई जारी राखेको छ । हारको सिलसिला जारी राख्ने क्रममा सिटी शनिवार एस्टन भिल्लासँग २-१ ले पराजित भएको हो । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीको जितमा जोन डुरान र मोर्गन रोजर्सले गोल गरे । सिटीका लागि भने फिल फोडेनले […]
December 22, 2024
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए […]
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]