5 years ago
November 15, 2019
महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन ।
कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद भट्टको प्रशिक्षणमा चार महिनादेखि रहेको टोलीले पछिल्लो महिना झन्डै ३ साता थाइल्याण्डमा रहेर प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेको थियो । निकै युवा खेलाडीहरु समेटेर बनेको यस टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो ।
उपाधि जित्ने नेपाली टोलीका खेलाडी सदस्य तथा प्रशिक्षक टोली यसप्रकार छ :
अरुणा शाही, कप्तान, सेटर
प्रतिभा माली, ओपन स्पाइकर
सरस्वती चौधरी, ओपन स्पाइकर
जानकी भण्डारी, सेटर
कमला पुन, सेटर
निरुता ठगुन्ना, ओपन स्पाइकर
पुनम चन्द, अपोजिट स्पाइकर
रेश्मा भण्डारी, अपोजिट स्पाइकर
साफिया पुन, मिडल ब्लकर
सलिना श्रेष्ठ, लिबेरो
सुनिता खड्का, मिडल ब्लकर
उषा विष्ट, मिडल ब्लकर
जगदीश प्रसाद भट्ट, मुख्य प्रशिक्षक
सलिना श्रेष्ठ, सहायक प्रशिक्षक
भरत यादव, सहायक प्रशिक्षक
रिता कोइराला, व्यवस्थापक
च्याम्पियन बनेको नेपाली टोलीको तस्बिर:
January 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) लाई केबी सामले मुख्य प्रायोजन गरेको छ। अब प्रतियोगिताको नाम केबी साम एनकेएल हुनेछ । एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी र आल्मुनियम उत्पादक कम्पनीकेबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ३ वर्षका लागि गरेको बताइएको छ । सम्झौताअनुसार […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]