5 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ ।
बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । त्यसअद्धि लिग चरणमा पनि नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।
२०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा तीन कास्यपदक जितेको छ । पुरुष भलिबल टोलीले पनि अहिलेसम्म कास्यपदक मात्रै जित्न सफल भएको छ । पुरुष टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्यपदक जितेको थियो ।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार पहिलो सेटमा पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै २५–१३ को जित निकाल्न सफल भयोे । नेपालले ४–७ ले पछि परेको नेपालले १२ अंक जोड्दै १६–७ को अग्रता लिदै सहज जित निकालेको थियो । दोस्रो सेटमा नेपालले दबाब झेल्नु परेन ।
उच्च प्रदर्शन गरेको नोपलले दोस्रो सेटमा २५–१२ को सहज जितसहित खेलमा २–० को अग्रता लियो । तेस्रो सेटमा पनि उच्च प्रदर्शनलाई कायमै राख्दै नेपालले २५–८ को एकपक्षीय जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
त्यसअघि बिहिबारै किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो । किर्गिस्तानले २५–१३, २५–१४ र २५–१२ को सोझो सेटमा जित निकाल्यो ।
गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत दुबईमा हुने पहिलो सेमिफाइनलमा भारतविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर ब्याटिङ रोज्ने क्रममा टोलीमा दुई परिवर्तन पनि गरेका छन् । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका म्याट सर्टको स्थानमा कुपर कोनोली टोलीमा आएका छन् । त्यस्तै तीव्र गतिका […]
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]