5 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका खेलाडीले सिहानमा हुने द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबारबाट तीन दिन सम्म हुने च्याम्पियनसिप विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) को जि वान मान्यता प्राप्त च्याम्पिनसिप हो ।
प्रशिक्षणका लागि दश दिन अघि तेक्वान्दोको गेरुगी (फाइट) टोली चीन र पुम्से टोली मलेसिया गएको थियो । सागको १३ औं सस्करण अर्को महिना आयोजना हुँदैछ । सोही सागका लागि नेपाली टोली वैदेशिक प्रशिक्षणमा छन् ।
‘सागअघि जि वान च्याम्पियनसिपमा भाग लिदा खेलाडीहरुले एस्पोजर पाउँछन् । खेलाडीले आफ्नो कमजोर के भन्न थाहा पनि पाउछन्, टोलीका प्रशिक्षक मध्येका एक दीपक विष्टले भने,‘ यहाँ प्रदेशको तेक्वान्दो टोलीसँग हाम्रा खेलाडीले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण सन्तोषजनक नै भइरहेको छ ।’
नेपाली सेनाका गेरुगी टोलीमा रहेका ५ खेलाडी स्वदेशमै रहेको र आज पुग्ने सम्भवना रहेको छ । काजल श्रेष्ठ, युनिसा राई, सक्षम कार्की, ज्ञानेन्द्र हमाल र भुपन श्रेष्ठ चीनमै भएको विश्व आर्मी गेममा भाग लिएर फर्केका थिए ।
नेपाली तेक्वान्दो टोली
गेरुगी खेलाडी – अप्सरा कार्की, अष्मिता खड्का, काजल श्रेष्ठ, निमा गुरुङ, निशा रावल, संगिता बस्याल नेपाली, युनिशा राई, वीरबहादुर महारा, भुपेन श्रेष्ठ, गोविन्दबहादुर आले, ज्ञानेन्द्र हमाल, किरणबहादुर आले, मनोज मल्ल, निश्चलमान श्रेष्ठ, सक्षम कार्की
गेरुगी प्रशिक्षक – नवीनकुमार श्रेष्ठ (मुख्य ), योङ डाल क्वान, , दीपक विष्ट, संगिना वैद्य
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ। टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ । […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]