5 years ago
October 12, 2019
एजेन्सी – केन्याका म्याराथन धावक एलिउड किप्चोगेले शनिबार भिएनामा आयोजित विशेष म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दुरी १ घन्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । उनी २ घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका छन् ।
रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता समेत रहेका किप्चोगेकै नाममा यसअघि पनि विश्व किर्तिमान रहेको थियो । उनले सन् २०१८ को बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए । शनिबार विशेष रुपमा किप्चोगेले म्याराथनको दुरी २ घण्टाभन्दा कम समयमा पूरा गर्ने लक्ष्यसहित नै दौड तय गरिएको थियो ।
यसअघि सन् २०१७ मा पनि किप्चोगेले यसै किसिमको प्रयास गरेका थिए । तर उनले त्यस समय २५ सेकेन्ड ढिला निर्धारित दुरी पूरा गरेपछि कीर्तिमान बन्न सकेको थिएन । यसपटक लक्ष्यमा अझ केन्द्रित देखिएका उनी मानसिक रुपमा पनि बलिया देखिएका थिए ।
शनिबारको दौडमा उनलाई ४१ सारथी धावकले साथ दिएका थिए । हरेक समय उनलाई २ धावकले अगाडी र ५ धावक पछाडी रहेर निरन्तर साथ दिइरहे । उनले म्याराथन पूरा गरेपछि सबै धावक यस कीर्तिमानको महत्त्वपूर्ण पाटो रहेको बताए ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]