default_image

6 years ago

September 21, 2019

नमुना बौद्ध मास्टर्स बुद्धिचालको उपाधि होड खुला

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम चरणका खेल बाँकी रहँदा काठमाण्डौंमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौं चरण अन्र्तगत शनिबार शुरवीर लामा र पुरुषोतम चौंलागाईं तथा भुपेन्द्र निरौला र सुमित पन्तबीच सम्पन्न पहिलो तथा दोश्रो दुवै बोर्डका खेल बराबरीमा टुंगिएपछि उपाधि होड खुला भएको हो ।

आठौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबलाई स्वर्ण पदक दिलाएका पुरुषोतमंले सातौं चरणको खेलमा प्रतियोगिताका शीर्ष खेलाडी फिडेमास्टर रुपेश जयसवालमाथि जित हासिल गरे । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका डायनामीक चेस एकेडेमी दमकका क्यान्डिडेटमास्टर भुपेन्द्रले सातौं चरणमा थापाथली चेस पार्कका क्यान्डिडेटमास्टर क्षितिज भण्डारीलाई हार चखाए । आठौं चरणको समाप्तीमा पुरुषोतम तथा भुपेन्द्र समान ६ दशमलब ५ अंकका साथ संयुक्त शीर्षस्थानमा रहेका छन् ।

प्रतियोगिताका साविक विजेता शुरवीर, फिडेमास्टर रुपेश, गजुरमुखी चेस क्लबका फिडेमास्टर मनिष हमाल तथा थापाथली चेस पार्कका सुमित पन्त समान ६ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहँदै उपाधि होड कायमै राख्न सफल भएका छन् ।

आइतबार प्रतियोगिताको अन्तिम चरणको खेलमा शुरुवाती तीन बोर्डमा हुने नतिजाले मात्र उपाधिको छिनोफानो हुनेछ । नवौं चरणको खेलमा पहिलो बोर्डमा पुरुषोतमर मनिष हमाल, दोश्रो बोर्डमा भुपेन्द्र र रुपेश जयसवाल तथा तेश्रो बोर्डमा सुमित र शुरवीर आमनेसामने हुनेछन् ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका शुरवीरले सातौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नविन तण्डुकारमाथि विजय प्राप्त गरे । सातौं चरणमा पुरुषोतमसँग हार बेहोरेका रुपेशले आठौं चरणमा शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्यलाई माथ दिए ।

मनिषले सातौं तथा आठौं चरणमा क्रमशः थापाथली चेस पार्कका शुसील चौधरी तथा नेपाल ईन्टरनेशनल स्पोर्टस क्लबका क्यान्डिडेटमास्टर सजिन महर्जनमाथि विजय प्राप्त गरे । त्यसैगरी सुमितले सातौं चरणमा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली माथि जित हासिल गरे ।

गजुरमुखीका क्यान्डिडेटमास्टर कृष्ण थापालाई पन्छाउँदै क्षितिज भण्डारीले अंकतालिकामा ५ दशमलब ५ अंक बनाए । समान ५ दशमलब ५ अंक बनाएका नविन तण्डुकारले थापाथली चेस पार्कका राजन पुरीलाई हराए ।

आठौं चरणको समाप्तिसम्म गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ, बद्रीलाल नेपाली, गजुरमुखी चेस क्लबका राजन सुवेदी तथा प्रकाश नेपाल, थापाथली चेस पार्कका आशिष फुयाल तथा शुसील चौधरी, भक्तपुरका गणेशमान दुवाल, शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्य समान ५ अंक बनाउन सफल भए ।

नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको प्रायोजनमा जारी प्रतियोगिता अन्र्तगत आइतबार अन्तिम चरण (नवौ चरण) का खेल हुनेछन् ।

March 23, 2025

किसनको शतकमा हैदरावादको शानदार प्रदर्शन

एजेन्सी – इशान किसनको आक्रमक शतकीय इनिङसँगै सनराइजर्स हैदरावादले आइपिएलमा राजस्थान रोयल्स विरुद्ध सानदार प्रदर्शन गरेको छ । किसनले नटआउट १ सय ६ रन बनाएपछि हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रनको विशाल योगफल तयार पारेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। आइपिएल इतिहासमा यो दोस्रो […]

March 23, 2025

पिएम कपमा एपिएफको सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ। एपिएफको यो जितसँगै अब पिएम कप फाइनलको होडमा ३ विभागीय टोली मात्र रहेका छन्। बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ। एक्सट्रा टेक ओभल मैदानमा जितको लागि २ सय ५९ रनको लक्ष्य पछाएको गण्डकी […]

March 23, 2025

सुदूरपश्चिमको जितमा किरणको शतक

काठमाडौं (हाम्रो खेलकुद)- किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कोशी प्रदेशलाई ३१ रनले हराएको छ। जितको लागि २ सय ४३ रनको विजय लक्ष्य पछाएको कोशी प्रदेश ४५.१ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ११ रनमा समेटियो। ओपनर सोनु अन्सारी बिना कुनै रन आउट भए। त्यसपछि सकिब हक र […]

Success

Thank you for your time.