5 years ago
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापानको आयोजनामा यहि सेप्टेम्बर १९ तारिखको दिन दोस्रो मैत्रीपूर्ण रनिङ कप भलिबल प्रतियोगिता हुने भएको छ ।
जापानको साइतामास्थित तोडा स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा कुल ८ टोलीले सहभागिता जनाउनेछन् । विजेता टोलीले ३ लाख १० हजार यन प्राप्त गर्दा उपविजेताले २ लाख १० हजार यनमा चित्त बुझाउनेछन् । प्रतियोगिता नकआउट पद्दतिमा खेलाइनेछ । प्रतियोगिताको टाइसिट मंगलबार सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लब, नेपाल जापान युथ क्लब, सनसाइन क्लब र घुम्टे क्लब ए पोलमा रहेका छन् । दोस्रो पोलमा मिलन रेस्टुरेन्ट, मोना जापान, नेपाल भलिबल संघ जापान र गल्कोट समाजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सम्पूर्ण खेल बिहीबार हुनेछ ।
नेपालबाट गण्डकी प्रदेशका स्पाइकर अमृत केसी यसै प्रतियोगितामा सहभागिता जनाउन जापान प्रस्थान गर्नेछन् । यद्यपि उनले टोलीबाट खेल्ने भन्ने टुंगो लागिसकेको छैन ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]