default_image

5 years ago

September 17, 2019

आर्मी र पुलिसबीचको स्थगित फाइनल आज

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको स्थगित फाइनल आज हुदैछ ।

फाइनल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा दिउसो १२ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । मंगलबारको फाइनलमा आर्मीका महत्वपुर्ण ओपन स्पाइकर मानबहादुर श्रेष्ठ चोटका कारण कोर्टमा उत्रने छैनन् । उनी टोलीमा नहुदा आर्मीलाई केही समस्या हुन सक्नेछ । तर, उनको स्थानमा राष्ट्रिय टोलीमा रहेका राजेन्द्र विष्टले खेलिरहेका छन् ।

सोमबार खेलको तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल स्थगित हुन पुगेको थियो । दुवै टोलीले १–१ सेट आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेटमा पुलिसले २१–१९ को अग्रता लिएको थियो । पहिलो सेट आर्मीले प्रतिस्पर्धात्मक रुपमा २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो ।

त्यसअघि सोमबारै गण्डकी प्रदेशले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । शुरुवाती दुई सेट गुमाएर पनि गण्डकीले त्यसपछिको तीनै सेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । जितसँगै गण्डकीले १ लाख रुपैया आफ्नो बनाएको छ ।

प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 14, 2025

विवादित एनओसीद्वारा सरकारको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.