5 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा आज उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।
खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा दिउँसो १ बजेपछि शुरु हुनेछ । त्यसअघि गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीच तेस्रो स्थानको लागि बिहान ९ बजे खेल हुनेछ । आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिताको फाइनलमा भेट पक्का गरेको हो । दुवै टोली अपराजित रहेर फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो ।
आर्मी वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ । आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा पुलिससँग पराजित हुदै उपविजेता बनेको आर्मीले प्रधानसेनापति भलिबलमा पुलिसलाई पराजित गर्दै वर्षको पहिलो उपाधि जितेको थियो । त्यही जितलाई निरन्तरता दिने लक्ष्यमा आर्मी रहनेछ । राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मीसँग मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, हरिहजुर थापा, दुर्गा बहादुर खड्का, हरि अधिकारी, इश्वर थापा, राजेन्द्र विष्ट र नरेन्द्र गिरीजस्त खेलाडीको साथ रहेको छ ।
यता पुलिस वर्षको तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा आर्मीलाई पराजित गर्दै वर्षको दुई उपाधि जितिसकेको पुलिस प्रधानसेनापतिको फाइनलमा आर्मीसँग भोगेको हारको बदला लिने लक्ष्यसहित कोर्टमा उत्रनेछ । पुलिससँग पनि राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । कप्तान इमबहादुर राना, कुल बहादुर थापा, दीपकराज जोशी, द्धारिका थापा, विशाल विके, रविन चन्द, भीम गाहा र राजु शेरचन जस्ता चर्चित खेलाडीहरुको साथ रहेको छ । राष्ट्रिय खेलाडीले भरिपुर्ण दुई टोलीबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
गत २४ भदौबाट शुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभािगता जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्ने छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु हाम्रो खेलकुद डट कमले प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]