6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा ढोरपाटन स्पोर्टस् क्लबले विजयी शुरुवात गरेको छ । दोस्रो खेलमा आर्मी र एपीएफ खेल्दै गर्दा वर्षा भएपछि थप खेल हुन सकेन ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार सुरु भएको प्रतियोगिताको समूह ‘ए’ को खेलमा ढोरपाटनले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । यही समूहको दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको उद्घाटन खेल भने वर्षाले प्रभावित बनेपछि स्थगित भएको छ । प्रतिस्पर्धात्मक पहिलो सेटमा आर्मीले २७–२५ को जित निकालेको थियो । त्यसपछि वर्षाले खेल अगाडि बढ्न सकेन । आर्मी र एपीएफबीचको खेल बुधबार शुरु देखि नै हुने आयोजकले जनाएको छ ।
यसअघि प्रतियोगिताको पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचन्ड’ ले गरेका थिए ।
तथा नेको छ । प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]