default_image

9 years ago

June 5, 2016

भलिबलको वार्षिक कार्ययोजना

145 views

0 Bookmark

काठमाडौं,जेठ २३ । नेपाल भलिबल संघले आगमी वर्षको लागि वार्षिक कार्ययोजना आइतबार सार्वजनिक गरेको छ ।

Volleyball Nepal

निर्वाचित भएको २० दिनपपछि  संघले आइतबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्ययोजना ािर्वजनिक गरेको हो । वार्षिक कार्ययोजनामा विभिन्न २३ विधाहरु सार्वजनिक गरेको हो । संघको योजना अनुसार पहिलो कार्य आगमी असार तीन गते ओलम्पिक डे को अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्नेछ ।  यस्तै साउन १३ गतेको लागि भारतसँग मैत्रीपूर्ण महिला भलिबलको आयोजना गरेको छ । भाद्रमा भलिबल महोत्सव तेस्रो राष्टिय महिला एनभीए महिला तथा पुरुष क्लब च्यामिपयनसिप हुनेछ । कात्र्तिकमा पाचौं महिला तथा छैटौं राष्टिय पुरुष बीच भलिबल गराउने तालिका छ ।  मङ्सिरमा ३०  औं पुरुष तथा २०औं महिला भलिबलको कार्ययोजना छ । कात्र्तिकमा एभीसी सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल तथा कात्र्तिकमा इन्टरनेशनल रेफ्री क्यानिडेट कोर्स तथा रेफ्री रिफ्रेसरको तालिका छ । माघमा यु –१५ विद्यालय स्तरीय राष्ट्रिय भलिबल गराउने संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले पत्रकार सम्मेलनमा बताए ।

चैत्रमा तेस्रो राष्ट्रिय पुरुष तथा महिला क्लब लिग  भलिबल तथा वैशाखमा इभीसी सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष  भलिलमा सहभागिता जनाउने कार्य तालिका छ । ७४ वैशाखमा वर्ष खेलाडी र प्रशिक्षक एवम् संघ सस्थालाई सम्मान गर्ने संघका महासचिव जितेन्द्रवहादुर चन्दले बताए । उनले सबै पुरा गर्न करिव दुई करोड देखि ३ करोड लागत लाग्ने बताए । संघको कार्य योजनामा क्षेत्र तथा जिल्लाले आयोजना गर्ने प्रतियोगिताहरु समावेश गरिएको छैन ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

कराते महासंघको‌ नेतृत्वसँग असन्तुष्टि जनाउँदै विप्लभले लिए सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर  विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]

Success

Thank you for your time.