6 years ago
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेलमा दिउँसो ३ बजेपछि लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । घरेलु कोर्टमा नेपाल जारी च्याम्पियनसिपमा पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ । नेपाल समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससाग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाललाई आफ्ना समर्थकमाझ निश्चत जित आवश्यक छ ।
पाँचौ स्थानको लागि हुने खेलमा पनि सोझो सेटमा पराजित भए, सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको सबैभन्दा खराव प्रदर्शन हुनेछ । चौथो संस्करण सकिदा नेपालले कुनै एक खेलमा १ सेटमा जित हात पारेको छ । सेन्ट्रल जोन च्याम्पियनसिप अघि नेपालले अफगानिस्तानमाथि दुई मैत्रीपुर्ण खेलमा समान ३–२ को रोमाञ्चक जित निकालेको थियो । त्यही उच्च मनोवलमा नेपाली टोली हुनेछ । तर, मैत्रीपुर्णपछिको दुई खेल मध्ये माल्दिभ्ससँगको खेल बिर्सनलायक रहेको थियो । त्यही पीडादायी हारलाई बिर्सने प्रयासमा टोली रहनेछ ।
यही च्याम्पियनसिपको तेस्रो संस्करणमा नेपालले ऐतिहासिक कास्यपदक हात पारेको थियो । यता, सेन्ट्रल जोनमा उच्च प्रदर्शन गरेको अफगानिस्तान घरेलु टोलीलाई स्तब्ध पार्दै पाँचौ स्थान हात पार्ने लक्ष्यमा हुनेछ । अघिल्ला दुई मैत्रीपुर्ण खेलमा बेहोरेको हारको बदाला लिने दाउमा अफगानिस्तान रहनेछ । समूह ‘बी’ मा अफगानिस्तानले १ खेलमा जित र दुईमा हार बेहोरेको थियो ।
अफगानिस्तानले बंगलादेशमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको थियो । तुर्केमिनिस्तान सँग ३–१ को सेटमा तथा उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । शुक्रबार नै तेस्रो स्थानको लागि माल्दिभ्स र तुर्केमिनिस्तानबीच खेल हुनेछ । बिहीबार भएको सेमिफाइनलमा माल्दिभ्स उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा तथा तुर्केमिनिस्तान किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
च्याम्पियनसिपको फाइनल शनिबार किर्गिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल दुइ बजेपछि हुनेछ । किर्गिस्तान दोस्रो उपाधि जित्ने लक्ष्यमा रहँदा उज्वेकिस्तान पहिलो उपाधिको खोजीमा रहनेछ । किर्गिस्तान तेस्रो संस्करणको च्याम्पियन हो ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]