6 years ago
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना भइरहेको एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो दिन आज तीन खेल हुदैछ ।
लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘बी’ को बंगलादेश र अफगानिस्तान खेल्दैछन् । खेल ३ बजेपछि शुरु हुनेछ ।
दुवै टोली पहिलो खेलमा पराजित रहेकाले आजको खेलमा जित हात पार्ने दाउमा हुनेछ । अफगानिस्तान पहिलो खेलमा तुर्केमिनिस्तानसँग ३–१ को पराजित भएको थियो ।
यही समूहको अर्काे खेलमा बंगलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । मंगलबार नै समूह ‘बी’ मा पहिलो खेलमा जित हात पारेका तुर्केमिनिस्तान र उज्वेकिस्तानबीच खेल हुनेछ । खेल ५ बजेपछि हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहने भएकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
मंगलबार नै समूह ‘ए’ को किर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको किर्गिस्तान माल्दिभ्सलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने दाउमा हुनेछ ।
यो खेलमा माल्दिभ्स पराजित भए, नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । र सेमिफाइनल प्रवेशका लागि बुधबार हुने खेलमा माल्दिभ्सलाई पराजित गर्नुपर्ने हुन्छ । नेपालका लागि माल्दिभ्सविरुद्धको खेल गर या मरकै अवस्थामा हुनेछ । पराजित भए नेपाल समूह चरणबाटै बाहिरिनेछ । माल्दिभ्सले किर्गिस्तानलाई पराजित गरेको खण्डमा नेपालको सम्भावना झिनो बन्नेछ ।
प्रतियोगिताको सम्पूर्ण खेलहरू हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]